इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा उल्भ्सलाई ५–१ गोलले हराउँदै सिटीले सहज जित निकालेको हो ।

सिटीको जितमा स्टार फरवार्ड एरलिङ हालान्डले चार तथा जुलियन अल्भारेजले एक गोल गरेका थिए । यस्तै, उल्भ्सका ह्वांग हि चानले एक गोल फर्काए ।

खेलको १२औँ मिनेटमा सिटीका हालान्डले पेनाल्टीमार्फत सुरुवाती गोल गरेका थिए । उनले ३५औँ, पहिलो हाफको इन्जुरी समय र ५४औँ मिनेटमा गोल गरेका थिए । उल्भ्सका हि चानले ५४ औँ मिनेटमा एक गोल फर्काएका थिए ।

यस्तै, सिटीका अल्भारेजले खेलको ८५औँ मिनेटमा गोल गरेपछि म्यानचेस्टर सिटी ५–१ गोलले विजयी भयो ।

यो जितसँगै ३५ खेलबाट ८२ अंक जोडेको म्यानचेस्टर सिटी तालिकाको दोस्रो स्थानमा छ । ३६ खेलबाट ८३ अंकसहित आर्सनल पहिलो स्थानमा छ । पराजित भएको उल्भ्स ३६ खेलबाट ४६ अंकका साथ ११औँ स्थानमा छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : १३ बजे

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले