जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द « Khabarhub

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको छ ।

भारतमा हुने लोकसभा चुनावका लागि नेपाल–भारत बोर्डर सिल गरिएकाले जयनगर–जनकपुर–भंगहा रेल सेवा बन्द गरिएको हो ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा वैशाख २५ गते लोकसभा चुनाव हुँदैछ । चुनावको ४८ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जन झाले सूचना जारी गर्दै आइतबारदेखि मङ्गलबारसम्म तीन दिन जयनगर–जनकपुर–भंगहा खण्डमा सञ्चालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिए ।

इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णय अनुसार रेल सेवा तीन दिन बन्द गरिएको सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : १२ बजे

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने

आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलि

गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन