थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर) « Khabarhub

थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर)



तीनजुरे– पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो ।

यहाँ तीनजुरे क्षेत्रको वन चैतदेखि जेठसम्म गुराँसले ढकमक्क हुन्छ । लालीगुराँस रातो, रातो–सेतो छिर्केमिर्के, सेतो अनि हल्का पहेंलो रङमा फुल्छ ।

तीनजुरे क्षेत्रका स्थानीय तिनजुरे–मिल्के–जलजले वनमा २८ प्रजातिका गुराँस पाइने बताउँछन् । कुन प्रजाति कहाँ पाइन्छ भन्ने उत्तर चाहिं छैन ।

तीनजुरे डाँडो लालीगुराँस नगरपालिकाको उत्तरी पाटो हो । यो डाँडोको उत्तर र उत्तरपश्चिम भाग संखुवासभाको धर्मदेवी नगरपालिकासँग जोडिएको छ ।

तीनजुरे  डाँडाबाट उत्तरतर्फ गुफापोखरीसम्मलाई भू–बनावटको हिसाबले तिनजुरे क्षेत्र भन्नु उपयुक्त हुन्छ ।

धर्मदेवीबाट उत्तर तेह्रथुमकै मेन्छायाम धाप गाउँपालिका र पश्चिममा संखुवासभाको मादी र चैनपुर नगरपालिका लगभग एकै उँचाइ र उस्तै पारिस्थितिक प्रणाली भएका भूभाग हुन् ।

तेह्रथुमको तीनजुरे, मिल्के र जलजल क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ ।गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ । गुरास हेर्नका लागि यो मौसममा हजारौँ पर्यटक तीनजुरे पुग्ने गर्दछन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १२ : २५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु