थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर) « Khabarhub

थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर)



तीनजुरे– पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो ।

यहाँ तीनजुरे क्षेत्रको वन चैतदेखि जेठसम्म गुराँसले ढकमक्क हुन्छ । लालीगुराँस रातो, रातो–सेतो छिर्केमिर्के, सेतो अनि हल्का पहेंलो रङमा फुल्छ ।

तीनजुरे क्षेत्रका स्थानीय तिनजुरे–मिल्के–जलजले वनमा २८ प्रजातिका गुराँस पाइने बताउँछन् । कुन प्रजाति कहाँ पाइन्छ भन्ने उत्तर चाहिं छैन ।

तीनजुरे डाँडो लालीगुराँस नगरपालिकाको उत्तरी पाटो हो । यो डाँडोको उत्तर र उत्तरपश्चिम भाग संखुवासभाको धर्मदेवी नगरपालिकासँग जोडिएको छ ।

तीनजुरे  डाँडाबाट उत्तरतर्फ गुफापोखरीसम्मलाई भू–बनावटको हिसाबले तिनजुरे क्षेत्र भन्नु उपयुक्त हुन्छ ।

धर्मदेवीबाट उत्तर तेह्रथुमकै मेन्छायाम धाप गाउँपालिका र पश्चिममा संखुवासभाको मादी र चैनपुर नगरपालिका लगभग एकै उँचाइ र उस्तै पारिस्थितिक प्रणाली भएका भूभाग हुन् ।

तेह्रथुमको तीनजुरे, मिल्के र जलजल क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ ।गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ । गुरास हेर्नका लागि यो मौसममा हजारौँ पर्यटक तीनजुरे पुग्ने गर्दछन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १२ : २५ बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा