सप्तरीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने « Khabarhub

सप्तरीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी बस्तीमा अग्निपीडितका लागि खानेपानी र शौचालय निर्माण गरिने भएको छ ।

स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ) को सहयोगमा गैरसरकारी संस्था सबल नेपाल र छाया नेपालले खानेपानी तथा सरसफाइका लागि शौचालय निर्माण गर्ने निर्णय गरेको हो । गत वैशाख १८ गते आगलागी भएपछि सो बस्तीमा खानेपानी र शौचालयको समस्या छ ।

गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष सुनील मण्डलले खानेपानी तथा सरसफाइको क्षेत्रमा सहयोग गरिदिन युनिसेफसहितका विकास साझेदार संस्थालाई अनुरोध गरिएको र ती संस्थाले समितिको प्रस्ताव स्वीकार गरिसकेको बताए ।

यस्तै, बैठकले बस्ती पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रदेश तथा सङ्घीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने, आवास निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराउन विभिन्न विकास साझेदार संघसंस्थालाई अनुरोध गर्ने र हालसम्म राहत वितरणलगायतका काममा सहयोग गर्ने सङ्घसंस्थालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको अध्यक्ष मण्डलले जानकारी दिए ।

गाउँपालिकाका उपाध्यक्ष अर्चनाकुमारी यादवले विपद् व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा क्रियाशील बनाउने नीतिअनुसार बाल संरक्षणका क्षेत्रमा काम गर्दै आएको आरएसके सेल्टर नामक संस्थालाई जिम्मेवारी दिइएको बताइन् । महिला तथा बालबालिकाको क्षेत्रमा कुनै पनि समस्या देखिए त्यस क्षेत्रमा कार्यरत अन्य सङ्घसंस्थालाई पनि सहयोगका लागि आव्हान गर्ने निर्णय गरिएको उपाध्यक्ष यादवको भनाइ छ ।

सबल नेपालका कार्यकारी निर्देशक दीपककुमार झाले अग्निपीडितले भोगिरहेका विभिन्न समस्यामध्ये सार्वजनिक शौचालय मर्मत सम्भार र आवश्यकताअनुसार नयाँ निर्माण गरी सञ्चालन गरिने जानकारी दिए ।

अग्निपीडितका लागि हाल पानी तथा सामुदायिक भान्सा सञ्चालन गरेर खाना  व्यवस्थापनको काम नूर वेलफेयर, मुक्ति नेपाललगायतका संस्थाले सहयोग गरिरहेका छन् ।  यसैबीच युनिसेफले सबल नेपाल र छाया नेपालसँगको समन्वयमा ४६ अग्निपीडित परिवारलाई सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री वितरण गरेका छन् ।

गत वैशाख १८ गते दिउँसो स्थानीय शत्रुधन यादवको गाईगोठमा राखेको परालको थुप्रोबाट सल्किएको आगो समयमा नियन्त्रण हुननसक्दा चिम्टी बस्तीका एक सय १४ घर जलेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : ५० बजे

बाँकेमा आठ हजार बढीलाई एचपीभी खोप लगाइँदै

नेपालगन्ज- बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध आठ हजार भन्दा बढीलाई एचपीभी खोप

प्रदेशलाई भोट नहालेको तीन वर्षमै फेरियो बालेन्द्रको बोली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले

शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’

ढाका- बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिदले आगामी

डेब्यू फिल्म ‘कुमारी’ रिलिज नहुँदै अबिषेकले साइन गरे ‘श्रीनिवास, हरिवंशसँग स्क्रिन सेयर गर्दै

काठमाडौं – ‘कुमारी’बाट लिड नायकमा डेब्यू गरेका अबिषेक खड्काले अर्को