कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस  | Khabarhub Khabarhub

कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस 


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म संविधान अनुसार मुख्यमन्त्रीलाई विश्वासको मत लिने समय रहेको भन्दै उनले त्यसपछि कोशीको अन्योल हट्ने दाबी गरेका छन् ।

कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले लोकतन्त्रका आधारभूत मान्यता विरुद्ध नउभिने उनको भनाई छ ।

उनले सरकार वैशाख २५ गतेसम्म टिकाउन प्रयास गर्ने तर्क समेत गरे ।

दलका प्रमुख सचेतक गोपाल तामाङले आज कोशी प्रदेशसभा सचिवालयमा पत्रकार भेटघाट कार्यक्रम उनले भने, ‘संविधानले दिएको अधिकारलाई प्रयोग गरेर गए पनि या राजनीतिक निर्णय गरेर गए पनि हामी मुख्यमन्त्री कार्कीलाई सहयोग गर्छौँ । २६ गतेपछि हामी एउटा ट्र्याकमा आउला भन्ने लाग्छ ।’

यसअघि बसेको दलको बहुमत सदस्यले मुख्यमन्त्रीले मार्गप्रसस्त गर्नुपर्छ भन्ने धारणा राखेको भए पनि दलको बैठकले सरकार बचाउनुपर्छ भनेर निर्णय गरेको तामाङको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : ५४ बजे

गाजामा हवाई आक्रमण : दुई नेतासहित पाँच लडाकुको मृत्यु

काठमाडौं– हमासको ट्यांक प्रतिरोधी मिसाइल अभियानका प्रमुख नेतामध्ये एक व्यक्ति

टिप्ताला नाका खुलाउने तयारी

फुङ्लिङ – ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ

कांग्रेस बैठकमा शीर्ष नेतालाई प्रश्न : अवसर आउँदा खल्तीबाट नियुक्त गर्ने, अफ्ठ्यारो पर्दा हामी चाहिने ?

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकका

कैलाश सिरोहिया पक्राउ प्रकरणमा बोले भीम रावल- के मन्त्री र अरूका लागि फरक-फरक कानून छ ?

काठमाडौं– नेकपा एमाले नेता भीम रावलले मन्त्री र अरुका लागि

सांसद दीपक गिरीको आक्षेप– ‘संसद्लाई ब्यारेक बनाइयो’

संसदीय राजनीतिको पक्षपाती कांग्रेसका कारण संसदका सम्पूर्ण गतिविधि ठप्प प्राय