दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम « Khabarhub

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक प्रशासन तालिम सञ्चालन गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा संचालित २४ औं समूहको उक्त तालिमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले सोही कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच उद्घाटन गरे ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले ट्राफिक व्यवस्थापनमा आएका चुनौतीलाई सामना गर्न र दुर्घटना न्यूनीकरण गर्नलाई आवश्यक व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताए ।

प्रशिक्षणमा प्रशिक्षार्थीहरूलाई अनुशासित ढंगले ट्राफिक सम्बन्धी सम्पूर्ण सीप हासिल गराई तालिम पश्चात् कार्यक्षेत्रमा उत्कृष्ट ढंगले कर्तव्य निर्वाह गर्न सक्षम जनशक्ति उत्पादन गर्नेतर्फ जोड दिइएको उनले उल्लेख गरे ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक २१ जना र प्रहरी सहायक निरीक्षक ३० जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरू सहभागी रहेको जानकारी दिए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  २ : ५५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह