गण्डकीका मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा मागे विश्वासको मत « Khabarhub

गण्डकीका मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा मागे विश्वासको मत


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाको आइतबार बसेको बैठकमा विश्वासको मत मागेका छन् ।

संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले १६८ (४) बमोजिम विश्वासको मत मागेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका उनलाई नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ७ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत ३० सांसदको समर्थन छ ।

३१ संसदको समर्थनमा अधिकारी चैत २५ मा मुख्यमन्त्री भएका थिए । तर कांग्रेसले सभामुखको हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी पेस गरेको भन्दै सर्वोच्च अदालतमा रिट दिएको थियो ।

अधिकारीसँग सभामुखबाहेक प्रदेशसभा सदस्यको बहुमत रहेको भन्दै सर्वोच्चले कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेद्वारा दायर रिट नै खारेज गरिसकेको छ ।

न्यायाधीशहरू सपना मल्ल प्रधान र सारङ्गा सुवेदीको संयुक्त इजलासले गण्डकीमा अधिकारी नेतृत्वको सरकार संविधानसम्मत् रहेको ठहर गरेको छ ।

प्रधान र सुवेदीको इजलासले अधिकारीसँग सभामुखबाहेक प्रदेशसभाका ५९ जना सदस्यको बहुमत ३० जनाको समर्थन रहेको भन्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : १८ बजे

तीन सिट जितेर श्रम संस्कृति पार्टी पाचौँ स्थानमा, बन्ला राष्ट्रिय दल ?

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीन वटा निर्वाचन

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको

फिल्म ‘टिका’ बन्ने; महेश, वर्षा र ऋचा शीर्ष भूमिकामा

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी फिल्म ‘टिका’ निर्माण

विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल : कानुनमन्त्री सिन्हा

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम परिस्थितिमा

दोलखामा जगदीश खरेल विजयी

दोलखा- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश