महेश बस्नेतविरुद्धको जाहेरी तामेलीमा राखेपछि उच्च अदालतले माग्यो जवाफ | Khabarhub Khabarhub

महेश बस्नेतविरुद्धको जाहेरी तामेलीमा राखेपछि उच्च अदालतले माग्यो जवाफ


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व उद्योगमन्त्री एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको निर्णयमा उच्च अदालत पाटनले लिखित जवाफ माग गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश  हेमन्त रावलले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसँग १५ दिनभित्र लिखित जवाफ माग्ने आदेश गरेका हुन् ।

नेता बस्नेतविरुद्ध एमालेनिकट युवा संघकी नेतृसमेत रहेका ३१ वर्षीया युवतीले जिल्ला प्रहरी परिसर काठमाडौँमा बलात्कार र भ्रूण हत्याविरुद्धको जाहेरी हुलाकबाट दिएकी थिइन् ।

तर त्यसलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले तामेलीमा राख्ने निर्णय गरेपछि निवेदक उच्च अदालत पुगेकी थिइन् ।

सरकारी वकिलको कार्यालयले यही वैशाख ४ गते आवश्यक प्रमाण पुगेका समयमा मुद्दा चलाउने जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको सिफारिसलाई सदर गरिदिएको थियो।

त्यसपछि परेको निवेदनमा उच्च अदालतले उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत सबुत प्रमाणसहित लिखित जवाफ दिन जिल्लालाई भनेको हो ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : ३१ बजे

सुनचाँदी व्यवसायी सङ्घका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ : नेता निधि

महेन्द्रनगर– प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सुनचाँदी व्यवसायीका जायज

वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा तयार

काठमाडौं – वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको

गृहमन्त्रीले कांग्रेस बैठकमा सुनाए आफ्ना चार उपलब्धि र चार चुनौती

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफू सरकारमा आएदेखि नीतिगत सुधारको प्रयास

इरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए

काबुल– अफगानिस्तानको शरणार्थी समस्या समाधान उच्च आयोगले दिएको जानकारीअनुसार, एकै