महेश बस्नेतविरुद्धको जाहेरी तामेलीमा राखेपछि उच्च अदालतले माग्यो जवाफ « Khabarhub

महेश बस्नेतविरुद्धको जाहेरी तामेलीमा राखेपछि उच्च अदालतले माग्यो जवाफ


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व उद्योगमन्त्री एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको निर्णयमा उच्च अदालत पाटनले लिखित जवाफ माग गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश  हेमन्त रावलले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसँग १५ दिनभित्र लिखित जवाफ माग्ने आदेश गरेका हुन् ।

नेता बस्नेतविरुद्ध एमालेनिकट युवा संघकी नेतृसमेत रहेका ३१ वर्षीया युवतीले जिल्ला प्रहरी परिसर काठमाडौँमा बलात्कार र भ्रूण हत्याविरुद्धको जाहेरी हुलाकबाट दिएकी थिइन् ।

तर त्यसलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले तामेलीमा राख्ने निर्णय गरेपछि निवेदक उच्च अदालत पुगेकी थिइन् ।

सरकारी वकिलको कार्यालयले यही वैशाख ४ गते आवश्यक प्रमाण पुगेका समयमा मुद्दा चलाउने जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको सिफारिसलाई सदर गरिदिएको थियो।

त्यसपछि परेको निवेदनमा उच्च अदालतले उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत सबुत प्रमाणसहित लिखित जवाफ दिन जिल्लालाई भनेको हो ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : ३१ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा