उपेन्द्र यादव विदेशमै हुँदा फुट्यो जसपा, सात सांसदले नयाँ दल दर्ता गर्दै « Khabarhub

उपेन्द्र यादव विदेशमै हुँदा फुट्यो जसपा, सात सांसदले नयाँ दल दर्ता गर्दै


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ ।

उक्त दलका ७ जना सांसदहरू नयाँ दल दर्ताका लागि अहिले निर्वाचन आयोगमा पुगेका छन् ।

गत फागुन २१ गते नेकपा एमाले र माओवादीसँग यादवले सहकार्य गरेपछि जसपामा विवाद बढेको थियो ।

विवाद बढिरहेको अवस्थामा अध्यक्ष यादव अमेरिकामा रहेका बेला यता अशोक राई नेतृतवमा पार्टी विभाजन गर्न लागिएको हो ।

राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठ र राजकिशोर यादवसहितका सांसद नयाँ पार्टीको पक्षमा उभिएका छन् । उनीहरू सबैजना एमाले-माओवादी गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि रुष्ट थिए ।

अशोक राई, प्रदीप यादव र राजकिशोराई उपेन्द्रले मिलाएर मन्त्री बनाइदिने आश्वासन दिएका थिए ।

पूर्व शिक्षा मन्त्री तथा पार्टीका वरिष्ठ नेता राईले पार्टी फुटाएर नयाँ दल दर्ताका लागि अहिले निर्वाचन आयोग पुगिसकेका छन् ।

जसपाकी एकजना सांसद सुशील श्रेष्ठले ७ जना सांसद मिलेर नयाँ दल दर्ता गर्न आफूहरू अहिले निर्वाचन आयोगमा पुगिसकेको बताइन् ।

‘अहिले हामी निर्वाचन आयोगमा छौँ’, उनले खबरहबसँग भनिन्, ‘नयाँ दल दर्ताका लाग निवेदन दिँदैछौँ।’

विभाजन गरी बन्ने नयाँ दलको पक्षमा ७ जना सांसद रहेको श्रेष्ठले खबरहबलाई बताइन्। अहिले प्रतिनिधिसभामा जसपामा हाल १२ जना सांसदहरु छन् ।

राईले आइतबार नै निर्वाचन आयोगमा दर्ता गर्ने गरी गएका छन् । याँ दलको नाममा नेपाल हटाएर जसपा मात्रै राखिने बताइएको छ ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अहिले यूएनको कार्यक्रमका लागि अमेरिकामा छन् । उनी अमेरिकाबाट फिरेर अहिले कतार ट्रान्जिटमा छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ५ : २० बजे

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।

बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत– पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो