जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव « Khabarhub

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा अध्यक्ष उपेन्द्र यादव भने यतिबेला अमेरिकाबाट फर्किँदै छन् ।

जसपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव गत शनिबार अमेरिका गएका थिए ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिबार बेलुकी अमेरिका गएका थिए ।

उनले त्यहाँ राष्ट्रसंघीय महासचिव एन्टेनियो गुटरेससहितसँग भेट पनि गरे । राष्ट्रसंघको कार्यक्रममा सहभागी भए उनी मे ७ तारिख अर्थात् मंगलबार स्वदेश आइपुग्ने कार्यतालिका छ ।

त्यहीअनुसार उनी अमेरिकाबाट नेपाल प्रस्थान गरिसकेका छन् । यादव सोमबार कतार आइपुग्ने छन् । तर यता नेपालमा भने यादवलाई थाहै नदिई ७ जना सांसदले जसपा विभाजित गरेका छन् ।

जसको नेतृत्व पूर्वशिक्षामन्त्री एवम् वरिष्ठ नेता अशोक राईले गरेका छन् । राई नेतृत्वका सांसदहरू अहिले निर्वाचन आयोगमा जसपा नामको नयाँ दल दर्ताका लागि पुगिसकेका छन् ।

आफ्नो अनुपस्थितिमा अध्यक्ष यादवले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका थिए ।

अशोक राई नेतृत्वको नयाँ पार्टीमा प्रदीप यादव, राजकिशोर यादव र सुशीला श्रेष्ठ जोडिइसकेका छन् । अन्य तीनजना सांसदबारे उनीहरूले केही खुलाएका छैनन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ५ : ४१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल