जसपा विभाजित भएपछि राजकिशोरले भने, ‘सिरहाको गाउँमा छु, बल्ल थाहा भयो’ « Khabarhub

जसपा विभाजित भएपछि राजकिशोरले भने, ‘सिरहाको गाउँमा छु, बल्ल थाहा भयो’


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ जनता समाजवादी पार्टी विभाजन भएको छ । पार्टी विभाजन भएपछि धेरै नेताहरू अलमलमा परेका छन् ।

यस्तै अलमलमा पर्नेमा एकजना नेता हुन् राजकिशोर यादव । उनीसहित ८ जना सांसदको नाम वरिष्ठ नेता अशोक राईले निर्वाचनमा आयोगमा लिएर गएका थिए ।

तर राजकिशोर आफैंले पनि पार्टी विभाजनबारे आफूलाई केही थाहा नभएको बताएका छन् । विभाजनको पक्षमा नउभिएपछि राई समूहले यादवको नाम हटाएर सातजना मात्रै सांसदको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको  छ ।

उनले आइतबार साँझ खबरहबसँग कुरा गर्दै भने, ‘म मेरो गाउँ सिराहा छु । विभाजनबारे कुनै जानकारी छैन । मैले पनि सुनेको हुँ । तर म कसैको पक्षमा छैन ।’

यादवले आफूलाई पनि विभाजनबारे भर्खरै मात्र थाहा भएको दाबी गरे । उनले भने, ‘म यताउता कतै भन्ने छैन । मेरो पार्टीको पक्षमा छु । विभाजन कसले गर्‍यो थाहा छैन ।’

पार्टी विभाजन भएपछि आफू छलफलमा रहेको उनले बताए । ‘म पनि साथीरूसँग छलफलमा छु । बल्ल खबर सुनेँ, तर म विभाजनको पक्षमा गएको छैन ।’ि

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : ५२ बजे

‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छः मन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली

प्रहरीमाथि चक्कु प्रहार गर्ने जेनजी प्रदर्शनमा भागेका फरार कैदी

भक्तपुर – प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ

प्रधानमन्त्री कार्कीले हेरिन ‘दिमाग घोच्ने मान्छे’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित

११५ दिनमा कुलमानले गरे १०७ काम (सूचीसहित)

काठमाडौं – कुलमान घिसिङले ११५ दिन तीन महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय