लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान  « Khabarhub

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमै नगदे खेती लसुनबाट राम्रो आम्दानी हुने भएकाले किसानहरू लसुन खेतीतर्फ आकर्षित भएका हुन् ।

चिसो-तातो दुबै हावापानीमा लसुन सजिलै फस्टाउने र तुसारो पनि सहन सक्ने भएकाले नगदेबाली लसुन खेती राम्रो भएको वैतेश्वर-५ लप्सेका स्थानीय किसान रुद्रबहादुर खत्रीले बताए ।

लसुनलाई ओसिलो हावापानी आवश्यक पर्ने भए पनि वैतेश्वरको लेक देखि बेँसीसम्म राम्रो लसुन उत्पादन हुने गरेको छ ।  वैतेश्वर गाउँपालिका-५ निम्को लप्सेमा पछिल्ला वर्षहरू यहाँका किसान नगदे खेती तर्फ आकर्षित बन्दै गएका हुन्। यहाँका ५८ घरधुरीले अघिल्लो वर्ष ६ लाख बराबरको नगदे बाली लसुन बिक्री गरेका थिए। यस वर्ष मूल्यसँगै उत्पादन पनि बढेकाले १० लाख बराबरको लसुन उत्पादन भएको बताए।

निम्कोट लप्सेमा भूकम्प अघि फाट्टफुट्ट घरहरू थिए।त्यो समय लसुन,आलु लगायतको नगदे खेती गर्ने किसान पनि कममै थिए । तर अहिले भूकम्प पछिको बस्ती स्थान्तरणले गाउँमा घर संख्या बढेसँगै व्यवसायीक कृषि गर्नेको संख्यामा पनि वृद्धि भएको छ ।

हिजोआज लप्सेका प्रत्येक घरमा लसुन,आलु,बेमौसमी तरकारी तथा फलफूलको खेती हुन थालेको स्थानीय कृष्णबहादुर राउत बताउँछन्।उनले तिन वटा सिजनमा गरेर ३ लाख बराबरको आलु र लसुन तथा अन्य नगदे तरकारी बिक्री गरेको बताए।
राउत भन्छन्’  यहाँका एक जना किसान बराबर ३० हजार देखि ३ लाखसम्मको तरकारी बिक्री हुने गरेको छ। व्यावसायिक रूपमा लसुन खेती गर्ने किसान २५ जना छन् । २५ जनाले वैशाख- जेठमा मात्रै ८-१० लाखको लसुन मात्रै बिक्री गर्ने गरेका छौँ ।’ निम्कोट लस्पे बेँसि नगदे खेतीको हिसाबले उर्वर भुमि रहेको उनले सुनाए।

नगदे खेतीका लागि आवश्यक सिँचाइको व्यवस्था गर्न सकेन उत्पादन अझै बढ्ने उनको भनाई छ ।  यो वर्ष मात्रै झन्डै १० लाख बराबरको लसुन बिक्री हुने अनुमान गरिएको छ। लप्सेका २५-३० घर धुरीलेनै लसुन खेती गर्दै आइरहेका छौँ राउतले भने ।

यो वर्ष मेरो ७ क्विन्टल जति लसुन उत्पादन भएको छ।धार्नीको तीन सय ३० रुपैयाँका  दरले घरबाटै लसुन बिक्री भएको उनले बताए। बिउ बाहेक ७”क्विन्टल लसुन बिक्री गरेको उनको भनाई छ । लसुन खेती गर्न सजिलो तथा रोग तथा किराको संक्रमण कम हुने भएकाले यसलाई राम्रो आम्दानी गर्दै आइरहेको उनले बताए। लसुन मात्रै हैन उनले तिन वटा सिजनमा गरेर ६० हजार बढीको आलु पनि बिक्री गरिसकेका छन्।

अन्नबाली लगाउँदा ६ महिना पनि खान नपुग्ने किसान अन्नबालीसंगै नगदेबालीहरु लसुन, प्याज, केराउ, काँक्रो, गोलभेँडा, सिमी, खुर्सानी लगायतका खेती गर्न थालेपछि राम्रो आम्दानी हुन थालेको हो ।

कम लगानी र मेहनतमा पनि राम्रो फाइदा हुन थालेपछि यहाँका ग्रामीण क्षेत्रमा नगदे खेतीप्रति किसानको आकर्षण बढेको स्थानीय किसानहरु बताउँछन् ।

सुबास बस्नेत

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : २३ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत