जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ? | Khabarhub Khabarhub

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

वैकल्पिक गठबन्धन निर्माण पनि सजिलो छैन


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा ७ जना सांसद्ले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

राईले ‘नेपाल’ हटाएर जनता समाजवादी पार्टी नामका लागि दल दर्ता गरेको निर्वाचन आयोगका एक अधिकारीले जानकारी दिए ।

आयोगमा पुगेर राईसहित ७ जना प्रतिनिधिसभाका सांसदले नयाँ दल दर्ताका लागि निवेदन समेत दिएका हुन् । नयाँ दलको पक्षमा रहेका सांसद वीरेन्द्र महतोले आफूहरूको पक्षमा ६० प्रतिशत केन्द्रीय सदस्य रहेको जिकिर गरेका छन् ।

प्रतिनिधि सभामा १२ सदस्य रहेको जसपाबाट राई नेतृत्वको समूहमा ७ जना संसदहरू खुलेका हुन् । यादवको पक्षमा ५ जना सांसदहरू उभिएका छन् ।

नयाँ दल दर्ताका लागि यी सांसदहरूले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

१. अशोककुमार राई, २.नवलकिशोर साह, ३. रञ्जु ठाकुर, ४. हसिना खान, ५. वीरेन्द्र महतो, ६. सुशीला श्रेष्ठ, ७. प्रदीप यादव

फेरिएला सत्ता समीकरण ?

जसपाबाट विभाजित हुने निर्णय गरेका ७ सांसदले तत्कालै यो गठबन्धन नछाड्ने बताएका छन् । सांसद महतोले आफूहरू यही गठबन्धनमा रहने र सरकार पनि नछाडने बताए ।

महतोले थप राजनीतिक निर्णयका लागि केही समय कुर्नुपर्ने बताए । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीका लागि कोसिस गरिरहँदा जसपामा विभाजन आएको छ ।

यदि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका १० र जसपाका ६ सांसद् विपक्षमा उभिए प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड नेतृत्वको सरकार संकटमा पर्न सक्छ । तर वैकल्पिक गठबन्धन निर्माण भने त्यति सहज छैन ।

संघीय सरकार गठनका लागि प्रतिनिधिसभामा बहुमत जुटाउन १३८ मत आवश्यक पर्छ ।

यस्तो अवस्थामा एकीकृत समाजवादीले सरकार छाड्दा र जसपाका ७ सांसद प्रचण्डको विपक्षमा उभिए पनि उनीसँग अझै १४० जना सांसदको साथ रहिरहन्छ । तर नागरिक उन्मुक्ति पार्टीले पनि सरकारको साथ छाडिदिए प्रचण्ड अल्पमतमा पर्छन् । यद्पि नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रचण्डको साथ नछाड्ने पक्षमा आफूलाई उभ्याएकी छन् । यदि नाउपाले समर्थन फिर्ता लिएमा प्रचण्डको पक्षमा १ सय ३७ सांसद हुन्छन् ।

फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत थियो । यस्तोमा कांग्रेसहितका ११० सांसदको मत विपक्षको परेको थियो ।

प्रचण्डको पक्षमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसदले मत दिएका थिए ।

नागरिक उन्मुक्ति पार्टीमा पनि अध्यक्ष रेशम चौधरी र रञ्जिता श्रेष्ठबीच विवाद समाधान भएको समाचार आएको छ । यसो हुँदा नाउपाले पनि सरकार छाड्ने सम्भावना हुन सक्छ ।

कांग्रेस, समाजवादी, रास्वपा र जसपाले गृहकार्य गरे नयाँ सरकार बन्ने सम्भावना छ ।

कांग्रेसका ८८, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, एकीकृत समाजवादीका १०, जसपाका ७ , जनमत पार्टीका ६, लोसपाका ४, नाउपाका ३ संसद् जुटाएर १५२ सांसद मिलेर नयाँ सरकार बन्न सक्छ ।

कांग्रेस र रास्वपाबीच रवि लामिछानेलाई लिएर प्रतिनिधि सभामा चर्को विवाद छ । उनीहरू विवाद समाधान गरेर नयाँ गठबन्धन बनाउन लागेमा वर्तमान सरकारलाई संकट पर्छ ।

नेपाली कांग्रेसले नयाँ गठबन्धनबारे कोसिस जारी राखेको छ । उसले माधव नेपाललाई प्रधानमन्त्री बनाउने आश्वासन पटक पटक दिएको छ। अध्यक्ष नेपालले सभापति शेरबहादुर देउवालाई यसबीचका कम्तीमा पनि ४ पटक भेटिसकेका छन् ।

समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा आफूहरूले प्रधानमन्त्री पाउने ग्यारेन्टी भएको अवस्थामा यो गठबन्धनलाई रुँघेर बस्न नसक्ने बतताएका छन् ।

कांग्रेस सचेतक सुशीला थिङले अहिले नयाँ गठबन्धनबारे कुनै निर्णय नभएको बताउँछिन्। तर उनले नयाँ गठबन्धनका लागि विभिन्न कोणबाट छलफल जारी रहेको बताइन् ।

यता जसपाका वन मन्त्री रहेका नवलकिशोर साहले सुडीले अनुकूल अवस्था रहुन्जेल सरकार नछाड्ने बताए । उनले आफूहरू सरकारमा निरन्तर हुने पनि उल्लेख गरे ।

उता नयाँ दलको पक्षमा उभिएका जसपा सांसद प्रदीप यादवले अध्यक्ष उपेन्द्र यादव कांग्रेसतिर मिल्न खोजेपछि आफूहरूले यो कदम चालेको बताउँछन् ।

उनले भने, ‘अध्यक्ष उपेन्द्र यादव प्रतिगामी शक्तिसँग मिल्न लागेपछि त्यसलाई रोक्न यो कदम चालेका हौँ । हामी अहिले यही गठबन्धनमा रहन्छौँ । दायाँबायाँ हुने कुनै कुरा छैन ।’

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : ४३ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन