औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम « Khabarhub

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग प्रथम भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतद्वारा यही वैशाख २० देखि २२ गतेसम्म सञ्चालित प्रदर्शनीमा देउती झोला उद्योग द्वितीय र पातलगङ्गा हस्तकला सामाजिक उद्यमी समूह सुर्खेत तृतीय भए ।

उत्कृष्ट तीन मध्ये प्रथमलाई रु ४० हजार , द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १० हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको निर्देशनालयका निमित्त निर्देशक मुकुन्दनाथ योगीले जानकारी दिए ।

“तीन दिनसम्म भएको प्रदर्शनीमा ४८ उद्योग सहभागी थिए,” उनले भने, “प्रदर्शनी अवलोकनकर्ताको मतदानका आधारमा तीन उत्कृष्ट उद्यमीहरु छनोटमा परेका हुन् ।”

लघु तथा घरेलु उद्योगको प्रवद्धन तथा बजारीकरण गर्ने उद्देश्यले प्रदर्शनीको साथै प्रतियोगिता गरिएको निर्देशक योगीले बताए । निर्देशनालयका लघु औद्योगिक गाम इकाईका सहायक टोपेन्द्र बिसीका अनुसार कर्णालीका दशवटै जिल्लाका लघु तथा घरेलु उद्योग पहिचान, विकास र बजारीकरण विस्तारमा सहयोग पु(याउने उद्देश्यले भएको प्रदर्शनी करिब पाँच हजारले अवलोकन गरेका छन् ।

“प्रतियोगिताले उद्यमीलाई केही हौसला मिलेको छ,” उनले भने, “यहाँको कच्चापदार्थ यहीँ प्रशोधन भएर उत्पादन हुने वातावरण बनेको छ ।”

प्रतियोगितामा दुनाटपरी, खाद्य प्रशोधन, वैकल्पिक ऊर्जा, प्राङ्गारिक मल, ढाका, ढकिया, च्याउ, आरन, हर्बल चिया, मह, रेशाजन्य उत्पादन प्रदर्शनी गरिएको थियो ।

निर्देशनालयले प्रतियोगितामा भाग लिन बाहिरबाट आउने उद्योगीलाई दैनिक खाना, खाजा र बासबापत रु सात सय, आउन जान प्रचलित दररेट अनुसारको भाडा रकम र समान ढुवानीबापत रु एक हजार उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : ०९ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने