अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ? « Khabarhub

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

महासचिवमा मोहम्मद इस्तियाक राई, केन्द्रीय कमिटी ३० सदस्यीय


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विभाजित अशोक राई नेतृत्व ‘जनता समाजवादी पार्टी’ले पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाएको छ ।

आइतबार खुसिबुमा बसेको नयाँ पार्टीको केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम टुंगो लगाएको हो ।

पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ पार्टी जसपा नेपालकै निरन्तरता रहेको बताए । त्यहीअनुसार संगठनात्मक संरचना तय गरिएको निर्वाचन आयोग परिसरमा कुरा गर्दै श्रेष्ठले भने ।

जसपा नेपाललाई विभाजित गरिएपछ राईको नेतृत्वमा ७ जना प्रतिनिधिसभाका सांसद र केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका श्रेष्ठले बताएका छन् ।

जसअनुसार अब श्रेष्ठ संघीय परिषद् अध्यक्ष बनेका छन् भने केन्द्रीय कमिटी अध्यक्ष अशोक राई भएका छन् ।

रेणुकुमारी यादवलाई सह-अध्यक्ष बनाइएको छ । उनी जसपा नेपालमा अध्यक्ष उपेन्द्र यादवनिकट नेतृ हुन् ।

उपाध्यक्षमा सप्तरीका नवलकिशोर साह सुडी, तेह्रथुमका रणध्वज लिम्बू,  ताप्लेजुङकी सुशीला श्रेष्ठलाई तोकिएको छ ।

त्यस्तै महासचिवमा बाँकेका मोहम्मद इस्तियाक राईलाई जिम्मेवारी दिइएको छ । उपमहासचिव जिम्मेवारी पर्साका प्रदीप यादवले पाएका छन् ।

सचिवमा धनुषाका दीपक कार्की र सप्तरीकी रञ्जु ठाकुरलाई तोकिएको छ । उता कोषाध्यक्षमा सिरहका डा. वीरेन्द्र महतोलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : ०७ बजे

देवघाटमा झोलुङ्गे पुल मर्मत

नारायणगढ– माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही