धान रोप्ने खेत मासेर केरा खेती « Khabarhub

धान रोप्ने खेत मासेर केरा खेती


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा जमिनमा केराखेती लगाएका छन् । उनले दशवर्ष अघिदेखि केराखेती सुरु गरेका हुन्।

अहिले मुख्य आम्दानीको स्रोत केरा खेती बनेको छ । सुरुमा धान, गहुँ जस्ता अन्नबाली लगाउने खेत मासेर उनले केरा रोपेका हुन् ।

“सुरुमा तीन कट्ठा जग्गामा केरा लगाएँ । त्यसबेला बीउ पाइँदैनथ्यो, केराको बोटको गाना लगाउने गरिन्थ्यो,” उनले भने, “उत्पादन राम्रो भयो, त्यसपछि खेतीको क्षेत्रफल बढाएँ ।”

धान, गहुँ भन्दा फाइदा हुन थालेपछि अन्नबाली छोडेर उनी व्यावसायिक केरा खेतीमा लागेका हुन् । तिलाचौरमा उनको दुई बिघा जमिन छ । त्यसमध्ये डेढ बिघामा केरा खेती गरेका छन् । केरा खेतीमा नरेन्द्र र उनको श्रीमती आफै खटिन्छन् ।

“धान, गहुँ भन्दा आम्दानी राम्रो छ । केरा स्थानीय बजारमा सहजै बिक्रि हुने गरेको छ,” उनले भने, “गोडमेलमा परिवारकै मानिस लाग्छौँ । आवश्यक परे कहिले मजदुर पनि लगाउने गरेका छौँ ।”

उत्पादित केरा यहाँको महेन्द्रनगर बजारमा बिक्री गर्ने गरिएको छ । केरा खेतीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेको नरेन्द्रको भनाइ छ । उनको दुई छोराछोरीसहित चार जनाको परिवार छ । केरा खेतीबाट कमाएकै पैसाले उहाँले जेठी छोरीको विवाह गरे ।

कान्छा छोरा रोशनलाई इन्जिनियर बनाउने उनको सपना छ । गाउँकै युवा वर्ष माध्यमिक विद्यालयबाट एसएसलसी परीक्षा उत्तीर्ण गरेपछि छोरा रोशनलाई तीन वर्षदेखि पोखरामा इन्जिनियरिङ अध्ययन गराइरहेका छन् ।

“छोराले आंशिक छात्रवृत्तिमा नाम निकाल्यो । खेतीबाट हुने आम्दानीले छोराको बस्न, खान र पढाइको खर्च जोहो गरिरहेका छौँ,” नरेन्द्रले भने, “वार्षिक रु दुई अढाई लाख उसका लागि छुट्याउनुपर्छ ।”

उनले बाख्रा र भैँसी पनि पालेका छन् । पशुपालनबाट हुने आम्दानीले घरखर्च त्यहाँबाट व्यवस्थापन हुने गरेको उनले बताए। वर्षौंदेखि केरा खेतीमा लागे पनि अहिलेसम्म सरकारबाट पाउने अनुदान तथा बीउविजन, मलखादमा केही नपाएको उनको गुनासो छ । कञ्चनपुरमा एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा केरा खेती गरिन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ९ : ३१ बजे

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर