आज २०८१ साल जेठ २३ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ २३ गते बुधबारको राशिफल


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ २३ गते बुधबार तदनुसार सन् २०२४ जुन ५ तारिख। जेठ कृष्ण पक्षको चतुर्दशी तिथि। विश्व वातावरण दिवस । चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : काममा सन्तुष्टि प्राप्त हुनेछ। मित्रले सहयोग गर्दा आत्मबल बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अतिथि बनेर सम्मान प्राप्त गर्ने योग छ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ।

वृष : धन खर्च हुने योग छ। भ्रमण गर्दा खर्च कटौती गर्नु राम्रो हुन्छ। महत्त्वपूर्ण अवसरबाट बन्चित हुने खतरा छ। मन अशान्त हुनेछ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ।

मिथुन : आफ्नो जिम्मेवारी नबुझ्दा अरुले कुरा काट्ने जोखिम हुनसक्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन तनावपूर्ण हुनसक्छ। छिमेकमा भएको नराम्रा कामको दोष आइलाग्न सक्छ। झुटा आरोपको सामना गर्नुपर्ने जोखिम छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट मनमा सन्तोष मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

सिंह : नयाँ कामको सुरुवात नगर्नु। शिक्षा क्षेत्रको लगानीले उत्साह बढाउने छ। खानपानमा ख्याल नगर्नाले स्वास्थ्यमा समस्या हुनेछ। परिवारमा विवाद हुने भएकाले सचेत भएर काम गर्नु राम्रो हुनेछ।

कन्या : अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट थप उत्साह बढ्ने योग छ। लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : योजना गोप्य राख्नु राम्रो हुन्छ। हल्ला गर्नुभयो भने काम नबन्ने जोखिम छ। शिक्षा क्षेत्रमा खराब नतिजा प्राप्त होला। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछ।

वृश्चिक : शिक्षामा उन्नति हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा चर्चा हुनेछ। मन अशान्त हुने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : धनलक्ष्मी योग परेको छ। जुटेको सम्पत्ति सदुपयोग गर्नु राम्रो हुन्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी बढ्ने योग छ।

मकर : आफन्तले तपाईंलाई फसाउने खतरा छ। मनको कुरा गोप्य राख्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्ने दिन छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : मन आशान्त हुनेछ। तनाव बढ्ने भएकाले साथीसँग भेट गर्नु राम्रो हुनेछ। परिवारको भने साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। आफन्तको साथले मन थोरै शान्त बन्नेछ।

मीन : कर्म अनुसारको सम्मान प्राप्त हुनेछ। बोल्न नजान्दा शब्द जालमा पर्ने जोखिम हुनसक्छ। न्यायपूर्वक गरेको श्रमको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा प्रगति हुनेछ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ५ : ०० बजे

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका

बालेनको ‘वाचापत्र’ सार्वजनिक, भ्रष्टाचारविरुद्ध उभिने सङ्कल्प: यी हुन् प्रमुख बुँदा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले

इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प, एक सातासम्म लम्बिन सक्छ युद्ध

काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

कास्की– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा

विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट