आज २०८१ साल जेठ २३ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल जेठ २३ गते बुधबारको राशिफल


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ २३ गते बुधबार तदनुसार सन् २०२४ जुन ५ तारिख। जेठ कृष्ण पक्षको चतुर्दशी तिथि। विश्व वातावरण दिवस । चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : काममा सन्तुष्टि प्राप्त हुनेछ। मित्रले सहयोग गर्दा आत्मबल बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अतिथि बनेर सम्मान प्राप्त गर्ने योग छ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ।

वृष : धन खर्च हुने योग छ। भ्रमण गर्दा खर्च कटौती गर्नु राम्रो हुन्छ। महत्त्वपूर्ण अवसरबाट बन्चित हुने खतरा छ। मन अशान्त हुनेछ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ।

मिथुन : आफ्नो जिम्मेवारी नबुझ्दा अरुले कुरा काट्ने जोखिम हुनसक्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन तनावपूर्ण हुनसक्छ। छिमेकमा भएको नराम्रा कामको दोष आइलाग्न सक्छ। झुटा आरोपको सामना गर्नुपर्ने जोखिम छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट मनमा सन्तोष मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

सिंह : नयाँ कामको सुरुवात नगर्नु। शिक्षा क्षेत्रको लगानीले उत्साह बढाउने छ। खानपानमा ख्याल नगर्नाले स्वास्थ्यमा समस्या हुनेछ। परिवारमा विवाद हुने भएकाले सचेत भएर काम गर्नु राम्रो हुनेछ।

कन्या : अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट थप उत्साह बढ्ने योग छ। लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : योजना गोप्य राख्नु राम्रो हुन्छ। हल्ला गर्नुभयो भने काम नबन्ने जोखिम छ। शिक्षा क्षेत्रमा खराब नतिजा प्राप्त होला। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछ।

वृश्चिक : शिक्षामा उन्नति हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा चर्चा हुनेछ। मन अशान्त हुने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : धनलक्ष्मी योग परेको छ। जुटेको सम्पत्ति सदुपयोग गर्नु राम्रो हुन्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी बढ्ने योग छ।

मकर : आफन्तले तपाईंलाई फसाउने खतरा छ। मनको कुरा गोप्य राख्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्ने दिन छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : मन आशान्त हुनेछ। तनाव बढ्ने भएकाले साथीसँग भेट गर्नु राम्रो हुनेछ। परिवारको भने साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। आफन्तको साथले मन थोरै शान्त बन्नेछ।

मीन : कर्म अनुसारको सम्मान प्राप्त हुनेछ। बोल्न नजान्दा शब्द जालमा पर्ने जोखिम हुनसक्छ। न्यायपूर्वक गरेको श्रमको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा प्रगति हुनेछ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ५ : ०० बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका