टी२० विश्वकप : नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित | Khabarhub Khabarhub

टी२० विश्वकप : नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित

लगातार क्याच छुटाउँदा स्तब्ध !


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

फिल्डिङमा लगातार कमजोरी गर्दा र महत्वपूर्ण क्याच छोड्दा नेपालले पहिलो खेलको जीत पनि नेदरल्याण्ड्सको पोल्टामा हालिदिएको हो ।

टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो । १०७ रनको विजय लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो ।

नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले अविजित सर्वाधिक ५४ रन जोडे । विक्रमजीत सिंहले २२, साइब्राण्ड ई. ले १४ र बास डी लीडीले अविजित ११ रन बनाए ।

त्यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले पाँच चौकासहित ३७ बलमा ३५ रन जोडे ।

करन केसीले २ छक्कासहित १२ बलमा १७ रन जोड्दा गुल्शन झाले १५ बलमा १ छक्कासहित १४ रन जोडे । अनिल साहले ११ रन जोड्दा बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले १/१ विकेट लिए ।

१३औ‍ं ओभरको पहिलो बलमा सोमपाल कामीले नेदरल्याण्ड्सका ननस्ट्राइक ब्याट्सम्यान साइब्राण्ड ई.लाई रनआउट गरेका थिए ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १ : १७ बजे

उपेन्द्र यादवको दाबी- सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले हाम्रो पार्टी फुटाइदिए

जनकपुरधाम- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको

‘थिएटर क्वीन’ सरिता गिरी : ‘गुरुकुल नभत्किएको भए फिल्म खेल्दिनँ थिएँ’

काठमाडौं– रङ्गमञ्चमा सरिता गिरी ‘नेपाली थिएटर क्वीन’ उपमाले चिनिन्छिन्‌ ।

गृहमन्त्रीले सार्वजनिक गरे सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेको १०० दिनका

असार ३ गते सार्वजनिक बिदा

काठमाडौं– सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ ।

नेपाल टेलिकमले ल्यायो जीएसएम मोबाइल र एफटीटीएचमा प्याकेज

काठमाडौं– नेपाल टेलिकमले जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम)