आज विश्व वातावरण दिवस मनाइँदै | Khabarhub Khabarhub

आज विश्व वातावरण दिवस मनाइँदै


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

यस वर्ष वातावरण दिवसको नारा ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने रहेको छ । दिवसका अवसरमा देशका विभिन्न ठाउँमा सरकार लगायत विभिन्न संघसंस्थाले वृक्षारोपण गर्दैछन् ।

दिवसको अवसरमा जलवायु परिवर्तनका कारण सिर्जित विभिन्न‍ समस्या र तिनका समाधानमा विषयमा विभिन्न कार्यक्रमहरु पनि हुनेछन् ।

नेपालको संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ७ : २५ बजे

नेपाली सेनाले भन्यो- भ्रामक र झुटा सुचनामा विश्वास नगरौं

काठमाडौं- नेपाली सेनाले विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय

आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह 

पोखरा–  हालै केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको

सामान्य बन्दै पोखराको जनजीवन

गण्डकी– जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ

उपत्यकामा शुक्रबार सेनाको नियम के छ ?

काठमाडौं – शुक्रबार बिहान नेपाली सेनाले कर्फ्यू हटाउँदा बजारमा चहलपहल

तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी

दमौली– तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन्