भारतीय लोकसभा : भाजपा खुम्चियो २४० सिटमा, सरकार बनाउन गठबन्धनको भर | Khabarhub Khabarhub

भारतीय लोकसभा : भाजपा खुम्चियो २४० सिटमा, सरकार बनाउन गठबन्धनको भर


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । गएराति सम्पन्न मत गणनामा एनडीए गठबन्धनले २९२ र इन्डिया गठबन्धनको २३४ सिट प्राप्त गरेका छन् ।

जसमा भारतीय जनता पार्टी सबैभन्दा ठूलो दल बनेको छ । भाजपाले २४० सिट जितेको छ । यस अघिको निर्वाचनमा ३०३ सिट जितेको भाजपा यस पटक २४० सिटमा समेटिएर एकल बहुमत गुमाएको छ ।

भाजपा एक्लै बहुमतबाट चुकेपनि भाजपा नेतृत्वको एनडीए गठबन्धनले भने बहुमत ल्याएको छ ।

एनडीए अन्तर्गतको तेलगु देशम पार्टीले १६ सिट जितेको छ भने जनता दल युनाइटेडले १२ सिट जितेको छ । एनडीए अन्तर्गतका अन्य दलले २४ सिट जितेका छन् ।

अब एनडीए घटक दलमा तेलंगानाका नेता चन्द्रबाबु नायडु र विहारका नितिश कुमार निर्णायक बनेका छन् ।

त्यस्तै यस निर्वाचनमा भारतीय नेशनल कांग्रेसले ९९ सिटमा जित हासिल गरेर दोस्रो ठूलो दल बनेको छ । यसअघि सन् २०१९ को निर्वाचनमा कांग्रेसले ५२ सिट जितेको थियो ।

त्यस्तै समाजवादी पार्टीले उत्तर प्रदेशमा ३७ सिट जितेर तेस्रो ठूलो दल बनेको छ । अघिल्लो निर्वाचनमा केवल ५ सिट जितेको थियो ।

त्यस्तै पश्चिम बङ्गालको ममता बेनर्जी नेतृत्वको त्रिणमूल कांग्रेसले २९ सिट जितेर संसदमा चौथो ठूलो दल बनेको छ । यसैगरी डिएमके पार्टीले २२ सिट जितेको छ । इन्डिया गठबन्धनमा रहेका अन्य दलले ४७ सिटमा जित हासिल गरेका छन् ।

यस्तै, एनडीए र इन्डिया गठबन्धनबाहेक विभिन्न दलले १७ सिट जितेका छन् । ५४३ सदस्यीय भारतीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्दछ ।

एनडीए र इन्डिया गठबन्धनमा २४–२४ दल आबद्ध छन् ।

 

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ८ : ३६ बजे

मधेसमा धान उत्पादनमा कमी आउने

पर्सा – धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र

एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर

पूर्वमहालेखापरीक्षक खत्रीलाई प्रश्न : जोखिम हेरेर मात्रै पूर्ण कर परीक्षण गर्ने नीति कति उचित ?

काठमाडौं– जेन-जी आन्दोलनपछि बनेको सरकारले अर्थतन्त्रमा दीर्घकाल र अल्पकालमा प्रभाव

निगमलाई प्रधानमन्त्रीको चेतावनी : आफ्नो इन्जिन विदेशमा थन्क्काएर भाडामा जहाज उडाउने कुरा सह्य हुँदैन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको