पोखरामा मेडिकल कलेज मुलुककै अब्बल शैक्षिक संस्था हुनेछ : प्रधानमन्त्री | Khabarhub Khabarhub

पोखरामा मेडिकल कलेज मुलुककै अब्बल शैक्षिक संस्था हुनेछ : प्रधानमन्त्री


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पोखरा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने बताएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि एमबीबीएस तहमा अध्ययन-अध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित काम अगाडि बढाउन निर्देशन दिए ।

‘चिकित्सा शिक्षाको स्नातकोत्तर तह सञ्चालनमा आएपछि यस प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने सरकारको अपेक्षा छ,’ प्रधानमन्त्रीले भने, ‘आगामी आर्थिक वर्षदेखि एमबीबीएस तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउनेछ ।’

भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा र समग्र देशकै लागि दक्ष चिकित्सक उत्पादनमा यस प्रतिष्ठानले खेलेको भूमिका सबै प्रतिष्ठानका लागिसमेत अनुकरणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानको विकास, विस्तार र उनन्नयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

उनले अर्थतन्त्रमा विद्यमान दवाव र स्रोत विनियोजनमा देखिएको सङ्कुचनबीच पनि सरकारले प्रतिष्ठानको विकास र सेवा विस्तारमा प्राथमिकता दिएको उल्लेख गरे ।

प्रतिष्ठान चिकित्सा शिक्षामा समग्र देशकै लागिसमेत उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सम्पूर्ण सरोकारवाला निकाय र पोखरेली जनसमुदायमा बधाइ ज्ञापन गर्दै प्राप्त अवसरको पर्याप्त सदुपयोगका गर्न सुझाव दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विगतमा समेत सबै दल, सामाजिक संघसंस्था, स्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने विज्ञहरूलगायत सबैसँग सहकार्य गर्दै अगाडि बढेको स्मरण गर्दै प्रधानमन्त्रीले सहकार्यका आधारमा पोखरेलीको गौरवको यस परियोजनालाई पूर्णत सफल पार्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १२ : ५२ बजे

प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ

झापा – जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा चन्द्रपाल नियुक्त

काठमाडौं – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका

भारत जाने महिला क्रिकेट टिमको घोषणा : बर्माको कप्तानीमा को को परे १५ खेलाडी ?

काठमाडौं – भारतमा हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्ने नेपाली महिला

दिल्ली कार विस्फोटः सबै सिसी क्यामेरा जाँच गर्न आदेश

नयाँदिल्ली – भारत सरकारका संघीय गृहमन्त्री अमित शाहले सोमबार साँझ

महागुरु फाल्गुनन्दको १४१ औँ जयन्ती मनाइँदै

काठमाडौं – किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध