चन्द्रागिरिमा वनजाई, चुत्रो र टिम्बुरका बिरुवा रोपियो « Khabarhub

चन्द्रागिरिमा वनजाई, चुत्रो र टिम्बुरका बिरुवा रोपियो


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा औषधीय गुण भएका बिरुवा रोपिएको छ । 

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा आज आयोजित कार्यक्रममा हिल्सको तल्लो ‘स्टेसन’ परिसरमा वनजाई, चुत्रो, टिम्बुर, कागत पाते (लोक्ता) गुराँस, निगालो र जमानेमान्द्रो जस्ता बिरुवा लगाइएको हो । 

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि–४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी र चन्द्रागिरि हिल्स लिमिटेडका सहमहाप्रबन्धक श्याम तण्डुकार लगायतले सो अवसरमा वृक्षरोपण गरेका थिए । सो अवसरमा नगरप्रमुख गिरीले प्राकृतिकरूपले सुन्दर चन्द्रागिरिको सुन्दरतालाई जोगाइराख्न नगरपालिकाले उच्च प्राथमिकता दिएको बताए।  

उनले भने, ‘वृक्षरोपण गरिएका बिरुवालाई हुर्काउन र यहाँको प्राकृति वातावरण जोगाइराख्न हिल्सले थप ध्यान दिनुपर्छ ।’ 

लिमिटेडका मानवसंसाधन प्रमुख झलकराज शर्माका अनुसार नयाँ पुस्तालाई एकपटक लगाएर वर्षौँ लाभ लिन सकिने बोटबिरुवासँग परिचित गराउने उद्देश्यले वृक्षरोपण गरिएको हो । रोपणका साथमा संरक्षण तथा संवर्द्धनका लागि समेत  हिल्सले विशेष पहल गरेको जनाइएको छ । पछिल्लो समय चन्द्रागिरि केबुलकार आसपास करिब १७ हजार बोटबिरुवा हुर्किरहेको जानकारी उनले दिए । 

हिल्समा विगत एक दशकदेखि वनस्पति संरक्षण गरिरहेका वनस्पतिविद् विन्देश्वर रायका अनुसार केबुलकार परिसरमा सकेसम्म रैथाने वनस्पतिलाई नै हुर्काउने नीतिअनुसार त्यस्तै बिरुवाको बेर्ना तयारी गरी रोपिएको हो । 

यसैगरी स्टेसन परिसरमै सुन्तला, आरु, आरुबखडा, नास्पाती, हलुवावेद, खुर्पानी, लप्सी र अम्बाका जस्ता फलफूल समेत गरी कूल दुई सय बिरुवा लगाइएको जानकारी पनि वनस्पतिविद् रायले बताए । 

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १२ : ५१ बजे

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

सिद्धार्थनगर – लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा

रियल म्याड्रिडको सान्त्वना जित: गार्सिया र बेलिंघमले गरे गोल

म्याड्रिड – उपाधि होडबाट बाहिरिसकेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा

तिलक बर्माको विष्फोटक ब्याटिङमा मुम्बई विजयी, पन्जाबको प्लेअफ यात्रा संकटमा

धर्मशाला – मुम्बई इन्डियन्सका युवा ब्याटर तिलक बर्माले विष्फोटक इनिङ्स

२४ घण्टाको ट्राफिक कारबाही : १९ लाख ९५ हजार राजस्व सङ्कलन

काठमाडौँ – बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौँ – थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र