ललितपुर महानगर र भारतीय दूतावासको सहकार्यमा वृक्षारोपण | Khabarhub Khabarhub

ललितपुर महानगर र भारतीय दूतावासको सहकार्यमा वृक्षारोपण


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवसका अवसरमा बुधबार वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ।

ललितपुर महानगर-१ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसरनजिकै विशेष वृक्षारोपण कार्यक्रममा गरिएको हो।

उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमी सहभागी थिए । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेनाका लागि साझा प्रतिबद्धतामा जोड दिइएको थियो ।

भारतीय राजदूत श्रीवास्तवले सम्बोधनका क्रममा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैल्याउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्नेबारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्नु आवश्यक रहेको बताए।

वातावरण मन्त्री र ललितपुर महानगरपालिकाका मेयरले कार्यक्रममा बोल्दै भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्वमाथि जोड दिए । त्यसक्रममा १५० वटा वृक्षहरू रोपिएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १ : ०१ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि