ललितपुर महानगर र भारतीय दूतावासको सहकार्यमा वृक्षारोपण « Khabarhub

ललितपुर महानगर र भारतीय दूतावासको सहकार्यमा वृक्षारोपण


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवसका अवसरमा बुधबार वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ।

ललितपुर महानगर-१ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसरनजिकै विशेष वृक्षारोपण कार्यक्रममा गरिएको हो।

उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमी सहभागी थिए । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेनाका लागि साझा प्रतिबद्धतामा जोड दिइएको थियो ।

भारतीय राजदूत श्रीवास्तवले सम्बोधनका क्रममा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैल्याउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्नेबारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्नु आवश्यक रहेको बताए।

वातावरण मन्त्री र ललितपुर महानगरपालिकाका मेयरले कार्यक्रममा बोल्दै भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्वमाथि जोड दिए । त्यसक्रममा १५० वटा वृक्षहरू रोपिएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १ : ०१ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक