‘मायाका रंगहरु’ युट्युबर पदम तामाङको प्रवेश « Khabarhub

‘मायाका रंगहरु’ युट्युबर पदम तामाङको प्रवेश


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  फिल्म ‘मायाका रंगहरु’मा सिक्किमका युट्युबर पदम तामाङ अनुबन्ध भएका छन् । उनले निर्माण पक्षसँग लिखित सम्झौतासमेत गरेका हुन् । 

पदम अहिले कामको सिलसिलामा काठमाडौंमा नै छन् । सोही क्रममा निर्माता तथा निर्देशक केवल तामाङले उनलाई अनुवन्ध गरेका हुन् ।
पदम यसअघि ‘होस्टल ३’ का लागि अनुबन्ध भइसकेका छन् । त्यस फिल्ममा पनि उनको प्रमुख मध्येको एक भूमिकामा रहने बताइएको छ । 

‘मायाका रंगहरु’मा अभिनेता पल शाह, सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । निर्देशक तामाङले फिल्मका लागि प्रमुख नायिकाको खोजी भइरहेको बताए ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता आरबी थाङदेन हुन् ।

फिल्मका सह–निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १ : २४ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको