सांसद राजभण्डारीको गुनासो : विद्युतीय चुरोटले किशोरकिशोरी बिग्रिन थाले | Khabarhub Khabarhub

सांसद राजभण्डारीको गुनासो : विद्युतीय चुरोटले किशोरकिशोरी बिग्रिन थाले


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी सांसद सपना राजभण्डारीले विद्युतीय चुरोट (भेप) १८ वर्षमुनिका किशोरकिशोरीकको सहज पहुँच रोक्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा उनले सरकारसँग १८ वर्षमुनिका किशोरकिशोरीले बजारमा सहजै भइरहेको भेप खरिदबारे सोच्न माग गरेकी हुन् ।

‘किशोरकिशोरीको स्वास्थ्यमा असर पार्ने हुनाले १८ वर्षमुनिकालाई भेपको फैलिँदो बजार पहुँचमा नियन्त्रण गर्न सरकारले सोच्नु पर्ने होइन ?,’ सांसद राजभण्डारीले भनिन्, ‘सरकार यसका लागि जिम्मेवार बनोस् भनी ध्यानाकर्षण गर्दछु ।’

उनले विद्यालय जाने १८ वर्षमुनिका धेरै बालबालिका भेपको कुलतमा फस्दै आएका बताइन् ।

पुन:स्थापना गृह (रिह्याब सेन्टर) मा उपचारका क्रममा प्रयोग गरिने भेप सरकारले कडाई नगरेपछि अहिले नजानिँदो रुपमा १८ वर्षमुनिकाले दुरुप्रयोग गर्ने प्रवृत्ति बढेको राजभण्डारीले बताइन् ।

 

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १ : ३६ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि