सांसद राजभण्डारीको गुनासो : विद्युतीय चुरोटले किशोरकिशोरी बिग्रिन थाले « Khabarhub

सांसद राजभण्डारीको गुनासो : विद्युतीय चुरोटले किशोरकिशोरी बिग्रिन थाले


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी सांसद सपना राजभण्डारीले विद्युतीय चुरोट (भेप) १८ वर्षमुनिका किशोरकिशोरीकको सहज पहुँच रोक्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा उनले सरकारसँग १८ वर्षमुनिका किशोरकिशोरीले बजारमा सहजै भइरहेको भेप खरिदबारे सोच्न माग गरेकी हुन् ।

‘किशोरकिशोरीको स्वास्थ्यमा असर पार्ने हुनाले १८ वर्षमुनिकालाई भेपको फैलिँदो बजार पहुँचमा नियन्त्रण गर्न सरकारले सोच्नु पर्ने होइन ?,’ सांसद राजभण्डारीले भनिन्, ‘सरकार यसका लागि जिम्मेवार बनोस् भनी ध्यानाकर्षण गर्दछु ।’

उनले विद्यालय जाने १८ वर्षमुनिका धेरै बालबालिका भेपको कुलतमा फस्दै आएका बताइन् ।

पुन:स्थापना गृह (रिह्याब सेन्टर) मा उपचारका क्रममा प्रयोग गरिने भेप सरकारले कडाई नगरेपछि अहिले नजानिँदो रुपमा १८ वर्षमुनिकाले दुरुप्रयोग गर्ने प्रवृत्ति बढेको राजभण्डारीले बताइन् ।

 

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १ : ३६ बजे

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ

भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली

सप्तरी– सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि