वर्षासँगै आएको हुरीले मकै बालीमा क्षति « Khabarhub

वर्षासँगै आएको हुरीले मकै बालीमा क्षति


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

खोटाङ– वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ । मंगलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको हो । 

पसाउन (धानचामल निस्कने प्रक्रिया) लागेको मकैको बोट हुरीले ढाल्दा लाखौँको क्षति भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हर्कराज राईले बताए ।

‘यस क्षेत्रको प्रमुख बाली मकै हो । पसाउन थालेको मकैको बोट मंगलबार आएको हुरीले सोत्तर पारेको छ’, उनले भने, ‘उत्पादन दिने बेला बोट नै ढलेर क्षति भएपछि कृषक चिन्तित बनेका छन् ।’

मंगलबार दिउँसो आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको भन्दै क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए । उनका अनुसार दश स्थानीय तह रहेको जिल्लामा ३९ हजार आठ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गर्ने गरिएको छ । 

हुरीले साकेला गाउँपालिका–२ रतन्छास्थित टाँकीबारी आधारभूत विद्यालयमा क्षति गरेको प्रहरीले जनाएको छ । ढुङ्गामाटोले बनेको तीन कोठाको एकतले जस्तापाताले छाएको छाना उडाउँदा करिब तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए। 

खाजा खाने समयमा घटना भएकाले मानवीय क्षति हुनबाट जोगिएको विद्यालयका प्रधानाध्यापक केशव बस्नेतले बताए। उनका अनुसार हुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित बनेको छ ।

कक्षा–५ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हुरीले क्षति पुर्‍याएपछि कक्षा पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्न आज विद्यालय व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ । सोही वडाको पीपलडाँडा आधारभूत विद्यालयमा पनि हुरीले क्षति गरेको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ३ : ५२ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन