वर्षासँगै आएको हुरीले मकै बालीमा क्षति | Khabarhub Khabarhub

वर्षासँगै आएको हुरीले मकै बालीमा क्षति


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

खोटाङ– वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ । मंगलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको हो । 

पसाउन (धानचामल निस्कने प्रक्रिया) लागेको मकैको बोट हुरीले ढाल्दा लाखौँको क्षति भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हर्कराज राईले बताए ।

‘यस क्षेत्रको प्रमुख बाली मकै हो । पसाउन थालेको मकैको बोट मंगलबार आएको हुरीले सोत्तर पारेको छ’, उनले भने, ‘उत्पादन दिने बेला बोट नै ढलेर क्षति भएपछि कृषक चिन्तित बनेका छन् ।’

मंगलबार दिउँसो आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको भन्दै क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए । उनका अनुसार दश स्थानीय तह रहेको जिल्लामा ३९ हजार आठ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गर्ने गरिएको छ । 

हुरीले साकेला गाउँपालिका–२ रतन्छास्थित टाँकीबारी आधारभूत विद्यालयमा क्षति गरेको प्रहरीले जनाएको छ । ढुङ्गामाटोले बनेको तीन कोठाको एकतले जस्तापाताले छाएको छाना उडाउँदा करिब तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए। 

खाजा खाने समयमा घटना भएकाले मानवीय क्षति हुनबाट जोगिएको विद्यालयका प्रधानाध्यापक केशव बस्नेतले बताए। उनका अनुसार हुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित बनेको छ ।

कक्षा–५ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हुरीले क्षति पुर्‍याएपछि कक्षा पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्न आज विद्यालय व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ । सोही वडाको पीपलडाँडा आधारभूत विद्यालयमा पनि हुरीले क्षति गरेको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ३ : ५२ बजे

‘पोलिटिक्स’ बुझ्न नचाहेकाे पुस्ताको राजनीतिक प्रारम्भ

जेनजी अर्थात् नयाँ पुस्ता । सन् १९९० को दशकको अन्त्यतिर

जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको शवको त्रिवि

सनाले गर्यो १३५ नाल हतियारहरू बरामद, भागेका कैदीहरू मध्ये ४३ नियन्त्रण 

काठमाडौं– नेपाली सेनाले हालसम्म विभिन्न स्थानहरूबाट १३५ नाल हतियारहरू बरामद

झलनाथ खनालको निवास पूर्ण रूपमा ध्वस्त (तस्बिरहरू)

काठमाडौं– पूर्व प्रधानमन्त्री झलनाथ खनालको निवास पूर्णरूपमा ध्वस्त  भएको छ

प्रधान सेनापति सिग्देल शीतल निवासमा, नयाँ सरकारको टुंगो गरिँदै

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन शीतल निवास पुगेका