भारतीय लोकसभा भंग, प्रधानमन्त्री मोदीले बुझाए राजीनामा « Khabarhub

भारतीय लोकसभा भंग, प्रधानमन्त्री मोदीले बुझाए राजीनामा


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


44.5k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । त्यसअघि उनी नेतृत्वको मन्त्रिमण्डलले १७ औँ लोकसभा भंग गर्ने सिफारिस राष्ट्रपतिकहाँ गरेको थियो ।

राष्ट्रपति भवनका अनुसार प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसँग संवादसँगै राजीनामा पत्र पनि बुझाएका हुन् ।

प्रधानमन्त्री मोदीले केन्द्रीय मन्त्रिपरिषद्सहित आफ्नो राजीनामा पनि बुझाए । राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री तथा केन्द्रीय मन्त्रिपरिषद्‍बाट नयाँ सरकार नबनुन्जेल पदमै रहन अनुरोध गरिन् ।

मंगलबार सार्वजनिक लोकसभाका ५४३ सिटकै नतिजाअनुसार मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री हुने अवस्थामा पुगेका छन् ।

भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई २९२ अर्थात् लोकसभामा बहुमत मिलेको छ ।

भारतीय जनता पार्टीका उम्मेदवारले २४० लोकसभा सिट जिते । तर यस पटकको चुनावमा भाजपा एक्लैले बहुमत ल्याउन सकेन । २७२ सिट चाहिनेमा भाजपा २४० मै समेटियो ।

अब सरकार गठनका लागि एनडीए गठबन्धनका अन्य दलसँग सहयोग माग्नुपर्ने भएको छ । यसअघि भाजापा एक्लैले सन् २०१९ मा ३०३ र २०१४ मा २८२ सिट जितेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ४ : १८ बजे

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका