भारतीय लोकसभा भंग, प्रधानमन्त्री मोदीले बुझाए राजीनामा « Khabarhub

भारतीय लोकसभा भंग, प्रधानमन्त्री मोदीले बुझाए राजीनामा


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


44.5k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । त्यसअघि उनी नेतृत्वको मन्त्रिमण्डलले १७ औँ लोकसभा भंग गर्ने सिफारिस राष्ट्रपतिकहाँ गरेको थियो ।

राष्ट्रपति भवनका अनुसार प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसँग संवादसँगै राजीनामा पत्र पनि बुझाएका हुन् ।

प्रधानमन्त्री मोदीले केन्द्रीय मन्त्रिपरिषद्सहित आफ्नो राजीनामा पनि बुझाए । राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री तथा केन्द्रीय मन्त्रिपरिषद्‍बाट नयाँ सरकार नबनुन्जेल पदमै रहन अनुरोध गरिन् ।

मंगलबार सार्वजनिक लोकसभाका ५४३ सिटकै नतिजाअनुसार मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री हुने अवस्थामा पुगेका छन् ।

भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई २९२ अर्थात् लोकसभामा बहुमत मिलेको छ ।

भारतीय जनता पार्टीका उम्मेदवारले २४० लोकसभा सिट जिते । तर यस पटकको चुनावमा भाजपा एक्लैले बहुमत ल्याउन सकेन । २७२ सिट चाहिनेमा भाजपा २४० मै समेटियो ।

अब सरकार गठनका लागि एनडीए गठबन्धनका अन्य दलसँग सहयोग माग्नुपर्ने भएको छ । यसअघि भाजापा एक्लैले सन् २०१९ मा ३०३ र २०१४ मा २८२ सिट जितेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ४ : १८ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो