बजेटलाई प्रभावकारी कार्यन्वयन गर्नुपर्नेमा सांसदहरुको सुझाव « Khabarhub

बजेटलाई प्रभावकारी कार्यन्वयन गर्नुपर्नेमा सांसदहरुको सुझाव


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन गरिएको बजेटले लिएका लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा भाग लिँदै उनीहरूले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् । 

सांसद महेशकुमार बर्तौलाले कृषिमा लगानी दशक, पाँच लाख सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण, प्रधानमन्त्री आत्मनिर्भर छोरी कार्यक्रम आगामी आवका सकारात्मक कार्यक्रम रहेको भन्दै प्रभावकारी कार्यान्वयनमा जुट्नुपर्ने सुझाव दिए। 

‘आगामी आवको बजेट वक्तव्यमा अर्थमन्त्री वर्षमान पुनले कृषि दशक घोषणा गरेका छन् । कृषि उत्पादन बढाउने अन्य योजना नबनाए यो लक्ष्य कार्यान्वयन हुन गाह्रो छ’, उनले भने, ‘मुलुकका विभिन्न स्थानमा खेती बाँझो छन् । बाँझो खेत प्रयोग गर्नका लागि हरेक स्थानीय तहलाई ‘बाँझोमुक्त पालिका’ घोषणा गर्न र किसानलाई समयमा मल उपलब्ध गराउन आवश्यक छ ।’ 

सांसद बर्तौलाले आगामी आवमा लिइएको लक्ष्यहरू सकारात्मक भए पनि सही रुपमा कार्यान्वयन गर्ने सवालमा अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको बताए। 

सांसद प्रभु साहले विप्रेषण छली गर्न हुन्डी कारोबार बढिरहेको भन्दै हुन्डी कारोबार रोक्ने र मुलुकको अर्थतन्त्रमा देखिएको संकट समाधानका लागि आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्न नसकेको बताए। 

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ४ : २७ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र