स्पन्ज आइरनको भन्सार दर परिवर्तनमा अर्थमन्त्रीको नियत राम्रो देखिएन : महामन्त्री थापा | Khabarhub Khabarhub

स्पन्ज आइरनको भन्सार दर परिवर्तनमा अर्थमन्त्रीको नियत राम्रो देखिएन : महामन्त्री थापा


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पन्ज आइरनको भन्सार दरमा हेरफेर गरिएको विषयमा अर्थमन्त्री वर्षमान पुनको भूमिकामाथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आशंका व्यक्त गरेका छन् । 

महामन्त्री थापाले आज प्रतिनिधिसभामा बजेटमाथि आफ्ना धारणा राख्दै करका दरमा गरिएको हेरफेरले अर्थमन्त्रीको नियतमा शंका पैदा भएको साथै बजेटको विश्वसनियतामाथि प्रश्न उठेको बताएका हुन् ।

‘मैले अघिल्लो पटकपनि यहीँ उभिएर भनेको थिएँ, बेलायतको प्राक्टिस हेरौं, क्यानडाको प्राक्टिस हेरौं, न्यूजिल्यान्डको प्राक्टिस हेरौं, करको दर कसैलाई बताउन हुँदैन, रातो झोलामा बाँधेर ल्याउने भनेको त त्यो दिन हेरफेर गर्ने दर पो बताउँन हुँदैन भनेको हो, तर, कुनमा कर कसरी लगाउने, कुनमा कर छुट दिने भन्ने कुरा २-४ जना मानिसहरु बसेर गर्ने होइन’, महामन्त्री थापाले भने, ‘त्यसमा शंकाहरु छन्, प्रश्नहरू छन्, त्यसभित्र कहिँ न कहिँ नियत ठिक राखिएन की भन्ने आशंका गर्ने ठाउँहरु रहे, त्यसैले मेरो समग्रमा प्रश्न माननीय अर्थमन्त्री ज्यूलाई बजेटको क्रियडिबीलीटीको बारेमा हो ।’

महामन्त्री थापाले माओवादी पार्टीकै तर्फबाट जनार्दन शर्मा अर्थमन्त्री भएको बेला र अहिलेकै अर्थसचिव भएको बेलामा स्पन्ज आइरन र बिलेटको विषयमा गरिएको निर्णयका आधारमा उद्योगीहरूले लगानी थप गरेको बताए । साथै उनले सोही पार्टीको नेता र उही अर्थसचिवले करको दरमा हेरफेर गर्दा नीतिको स्थिरता र सम्भाव्यताको विषयमा प्रश्न उठ्नेगरी काम भएको भन्दै टिप्पणी गरे ।  

महामन्त्री थापाले करका दरको विषयमा अर्थमन्त्री र अर्थमन्त्रालयका केही व्यक्तिहरू बसेर हेरफेर गर्ने विषय नभएको भन्दै अर्थमन्त्री पुनलाई पोलीसी प्रेडिक्टिीवीलीटीको महत्वको विषयमा सम्झाउने काम गरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ५ : ०५ बजे

‘पोलिटिक्स’ बुझ्न नचाहेकाे पुस्ताको राजनीतिक प्रारम्भ

जेनजी अर्थात् नयाँ पुस्ता । सन् १९९० को दशकको अन्त्यतिर

जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको शवको त्रिवि

सनाले गर्यो १३५ नाल हतियारहरू बरामद, भागेका कैदीहरू मध्ये ४३ नियन्त्रण 

काठमाडौं– नेपाली सेनाले हालसम्म विभिन्न स्थानहरूबाट १३५ नाल हतियारहरू बरामद

झलनाथ खनालको निवास पूर्ण रूपमा ध्वस्त (तस्बिरहरू)

काठमाडौं– पूर्व प्रधानमन्त्री झलनाथ खनालको निवास पूर्णरूपमा ध्वस्त  भएको छ

प्रधान सेनापति सिग्देल शीतल निवासमा, नयाँ सरकारको टुंगो गरिँदै

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन शीतल निवास पुगेका