स्पन्ज आइरनको भन्सार दर परिवर्तनमा अर्थमन्त्रीको नियत राम्रो देखिएन : महामन्त्री थापा « Khabarhub

स्पन्ज आइरनको भन्सार दर परिवर्तनमा अर्थमन्त्रीको नियत राम्रो देखिएन : महामन्त्री थापा


२३ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पन्ज आइरनको भन्सार दरमा हेरफेर गरिएको विषयमा अर्थमन्त्री वर्षमान पुनको भूमिकामाथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आशंका व्यक्त गरेका छन् । 

महामन्त्री थापाले आज प्रतिनिधिसभामा बजेटमाथि आफ्ना धारणा राख्दै करका दरमा गरिएको हेरफेरले अर्थमन्त्रीको नियतमा शंका पैदा भएको साथै बजेटको विश्वसनियतामाथि प्रश्न उठेको बताएका हुन् ।

‘मैले अघिल्लो पटकपनि यहीँ उभिएर भनेको थिएँ, बेलायतको प्राक्टिस हेरौं, क्यानडाको प्राक्टिस हेरौं, न्यूजिल्यान्डको प्राक्टिस हेरौं, करको दर कसैलाई बताउन हुँदैन, रातो झोलामा बाँधेर ल्याउने भनेको त त्यो दिन हेरफेर गर्ने दर पो बताउँन हुँदैन भनेको हो, तर, कुनमा कर कसरी लगाउने, कुनमा कर छुट दिने भन्ने कुरा २-४ जना मानिसहरु बसेर गर्ने होइन’, महामन्त्री थापाले भने, ‘त्यसमा शंकाहरु छन्, प्रश्नहरू छन्, त्यसभित्र कहिँ न कहिँ नियत ठिक राखिएन की भन्ने आशंका गर्ने ठाउँहरु रहे, त्यसैले मेरो समग्रमा प्रश्न माननीय अर्थमन्त्री ज्यूलाई बजेटको क्रियडिबीलीटीको बारेमा हो ।’

महामन्त्री थापाले माओवादी पार्टीकै तर्फबाट जनार्दन शर्मा अर्थमन्त्री भएको बेला र अहिलेकै अर्थसचिव भएको बेलामा स्पन्ज आइरन र बिलेटको विषयमा गरिएको निर्णयका आधारमा उद्योगीहरूले लगानी थप गरेको बताए । साथै उनले सोही पार्टीको नेता र उही अर्थसचिवले करको दरमा हेरफेर गर्दा नीतिको स्थिरता र सम्भाव्यताको विषयमा प्रश्न उठ्नेगरी काम भएको भन्दै टिप्पणी गरे ।  

महामन्त्री थापाले करका दरको विषयमा अर्थमन्त्री र अर्थमन्त्रालयका केही व्यक्तिहरू बसेर हेरफेर गर्ने विषय नभएको भन्दै अर्थमन्त्री पुनलाई पोलीसी प्रेडिक्टिीवीलीटीको महत्वको विषयमा सम्झाउने काम गरेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ५ : ०५ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट