अर्जुन लामा हत्या प्रकरण : अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला | Khabarhub Khabarhub

अर्जुन लामा हत्या प्रकरण : अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको व्यक्ति हत्यासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आगामी असार १२ गते फैसला दिने भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले बुधबार सुनुवाइ सकेपछि फैसला सुनाउने मिति असार १२ गतेलाई निर्धारण गरेको हो ।

काभ्रे निवासी अर्जुन लामाको हत्यामा संलग्न रहेको अभियोगसहित पूर्वसभामुख सापकोटाविरुद्ध व्यक्ति हत्यासम्बन्धी मुद्दा दायर भएको थियो ।

अर्जुनकी श्रीमती पूर्णिमायाले पतिको हत्यामा नेता सापकोटा, काभ्रेकै माओवादी नेता सूर्यमान दोङसहित संलग्न रहेको दाबीसहित मुद्दा दायर गरेकी थिइन् ।

यस प्रकरणमा माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम र नोर्बु मोक्तानलाई कानुनी दायरमा ल्याउन मागसहित पूर्णीमायाले दायर गरेको रिट करिब १० वर्षदेखि अल्झिएको थियो।

यसअघि वैशाख १२ गते बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

यो मुद्दा २०७२ चैत २२ गते तत्कालिन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रले संवैधानिक इजलासले हेर्ने आदेश गरेका थिए ।

त्यसपछि संवैधानिक इजलासमा १५ पटक भन्दा बढी पेशी तोकिए पनि पटक पटक हेर्न नभ्याइने र हेर्न नमिल्ने भन्दै सरिरहेको थियो । तर अब सर्वोच्चले सुनुवाइ नै सकेर अन्तिम निर्णयको मिति नै तोकेको हो ।

सशस्त्र द्वन्द्वका क्रममा काभ्रेका लामाको अपहरणपछि हत्या गरेको घटनामा पूर्णिमायाले सापकोटासहित माओवादी नेताविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

त्यसपछि अघिप बढेको यो मुद्दा सर्वोच्चमा १० वर्षदेखि अल्झिएको थियव । यस जाहेरीलाई प्रहरीले लामो समयसम्म लिएको थिएन । तर सर्वोच्चले २०६४ फागुन २२ मा जाहेरी लिने आदेश दिएपछि मुद्दा अघि बढेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ५ : १७ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न