शिक्षा सुधारमा इटहरीका ३६ सामुदायिक विद्यालयको ३० बुँदे साझा संकल्प पत्र « Khabarhub

शिक्षा सुधारमा इटहरीका ३६ सामुदायिक विद्यालयको ३० बुँदे साझा संकल्प पत्र


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरीको शिक्षा सुधार गर्ने मेयर हेमकर्ण पौडेलको अभियानमा इटहरी उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयले साथ दिएको छन । इटहरीका ३६ विद्यालय व्यवस्थापन समिति र अभिभावक संघहरुले ३० बुँदे साझा संकल्प पत्र सार्वजनिक गर्दै शिक्षा सुधारमा लाग्ने बताएका हुन ।

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालय मै पढाउने, अंग्रेजी माध्यमलाई पनि प्राथामिकतामा साथ पढाउने, कक्षा ९ देखि माथि पढ्दै कमाउदै कार्यक्रमलाई प्राथामिकता दिने, अभिभावक र समुदायलाई जोड्न घर दैलो कार्यक्रम गर्ने जस्ता कार्यक्रम साझा संकल्पको रुपमा अघि सारेका हुन ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा लाग्दै इटहरी सरकारले निकालेको संकल्प पत्रलाई पालना गर्दै सार्वजनिक शिक्षा सुधारको देशमै नमुना नगर बनाउने अभियानमा लाग्ने संकल्प पत्रमा भनिएको छ । 

शिक्षा सुधारको लागि विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै लैजाने संकल्प पत्रमा उल्लेख गरिएको छ ।

शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न गरिएका अनेकौं कार्यमा करोडौं रकम खर्चेर पनि प्रतिफल निराशाजनक हुने गरेको भन्दै इटहरीमा सबै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ स्तर बढाउदै लैजाने भनिएको  छ । 

शिक्षा देशको भविष्य निर्माणको मेरुदण्ड हो। समाज र राष्ट्रलाई गतिशील बनाई विकास र समृद्धिको लयमा डोर्याउने मार्गदर्शक हो। हरेक देश कस्तो हुने र कस्तो बनाउने भन्ने विषय त्यहाँको शिक्षा प्रणालीले निर्धारण गर्छ। 

मानव समुदायलाई आधुनिकता सँगसँगै मानविकी उन्नति र प्रगति तर्फ बढ्न शिक्षाले उत्प्रेरणा दिए भन्दै इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले शिक्षा सुधार अभियान तीब्र रुपमा अगाडि बढाएका  छन । सामुदायिक स्कुलमा   नेपालकै पहिलो पोषण युक्त नमुना खाजा कार्यक्रम इटहरीबाटै सुरु भएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ६ : ४४ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,