शिक्षा सुधारमा इटहरीका ३६ सामुदायिक विद्यालयको ३० बुँदे साझा संकल्प पत्र | Khabarhub Khabarhub

शिक्षा सुधारमा इटहरीका ३६ सामुदायिक विद्यालयको ३० बुँदे साझा संकल्प पत्र


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरीको शिक्षा सुधार गर्ने मेयर हेमकर्ण पौडेलको अभियानमा इटहरी उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयले साथ दिएको छन । इटहरीका ३६ विद्यालय व्यवस्थापन समिति र अभिभावक संघहरुले ३० बुँदे साझा संकल्प पत्र सार्वजनिक गर्दै शिक्षा सुधारमा लाग्ने बताएका हुन ।

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालय मै पढाउने, अंग्रेजी माध्यमलाई पनि प्राथामिकतामा साथ पढाउने, कक्षा ९ देखि माथि पढ्दै कमाउदै कार्यक्रमलाई प्राथामिकता दिने, अभिभावक र समुदायलाई जोड्न घर दैलो कार्यक्रम गर्ने जस्ता कार्यक्रम साझा संकल्पको रुपमा अघि सारेका हुन ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा लाग्दै इटहरी सरकारले निकालेको संकल्प पत्रलाई पालना गर्दै सार्वजनिक शिक्षा सुधारको देशमै नमुना नगर बनाउने अभियानमा लाग्ने संकल्प पत्रमा भनिएको छ । 

शिक्षा सुधारको लागि विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै लैजाने संकल्प पत्रमा उल्लेख गरिएको छ ।

शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न गरिएका अनेकौं कार्यमा करोडौं रकम खर्चेर पनि प्रतिफल निराशाजनक हुने गरेको भन्दै इटहरीमा सबै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ स्तर बढाउदै लैजाने भनिएको  छ । 

शिक्षा देशको भविष्य निर्माणको मेरुदण्ड हो। समाज र राष्ट्रलाई गतिशील बनाई विकास र समृद्धिको लयमा डोर्याउने मार्गदर्शक हो। हरेक देश कस्तो हुने र कस्तो बनाउने भन्ने विषय त्यहाँको शिक्षा प्रणालीले निर्धारण गर्छ। 

मानव समुदायलाई आधुनिकता सँगसँगै मानविकी उन्नति र प्रगति तर्फ बढ्न शिक्षाले उत्प्रेरणा दिए भन्दै इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले शिक्षा सुधार अभियान तीब्र रुपमा अगाडि बढाएका  छन । सामुदायिक स्कुलमा   नेपालकै पहिलो पोषण युक्त नमुना खाजा कार्यक्रम इटहरीबाटै सुरु भएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ६ : ४४ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य