पृथ्वी जोगाउन वातावरण स्वच्छ राख्न आवश्यक : प्रदेश प्रमुख खापुङ « Khabarhub

पृथ्वी जोगाउन वातावरण स्वच्छ राख्न आवश्यक : प्रदेश प्रमुख खापुङ


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख  पर्शुराम खापुङले पृथ्वी जोगाउन सबैले बिरुवा रोपेर वातावरण स्वच्छ राख्नु आवश्यक भएको बताएका छन्  ।

 विश्व वातावरण दिवसको उपलक्ष्यमा विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित वृक्षरोपण कार्यक्रममा उनले प्रत्येक नागरिकले घरमा एक-एक रूख रोपेर वातावरण संरक्षणमा योगदान गर्न आग्रह गरे।

प्रदेश प्रमुख खापुङले प्लाष्टिकजन्य पदार्थलाई बहिष्कार, वृक्षरोपण तथा वनजङ्गल संरक्षण गरे वातावरण प्रदूषण न्यूनीकरण र बाढीपहिरो रोकथाममा योगदान पुग्ने भन्दै सबैको ध्यानाकर्षण गराए ।  

त्यसअवसरमा प्रदेश प्रमुख कार्यालयका सचिव छविन्द्र पराजुली, कर्मचारी एवं सञ्चारकर्मीले विभिन्न जातका बिरुवा रोपेका थिए । 

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ६ : ५० बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्