काठमाडौं । आइसीसी टी–२० विश्वकप अन्तर्गत आयरल्याण्डविरुद्ध भारतले पहिले बलिङ गर्ने भएको छ ।
न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भारतले टस जितेर आयरल्याण्डलाई ब्याटिङको निम्तो दिएको हो ।
यस विश्वकपमा दुवै टोलीको यो पहिलो खेल हो । टी२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।
भारतीय टोलीले यस खेलको प्लेइङ–११ मा चाइनाम्यान बलर कुलदीप यादव, विकेटकिपर ब्याट्सम्यान सञ्जु सैमसन, लेग स्पिनर युजवेन्द्र चहल र ओपनर यशस्वीलाई समावेश गरेको छ ।
यस्तै आयरल्यान्डले क्रेग यंग, नील रक, ग्राहम ह्युम र रस एडेयरलाई प्लेइङ ११ मा समावेश गरेको छैन।
प्रतिक्रिया