मधेशका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ढल्यो जसपाको सरकार « Khabarhub

मधेशका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ढल्यो जसपाको सरकार


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् ।

बुधबार जनकपुरस्थित मधेश प्रदेश सभामा बसेको बैठकमा विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका हुन् ।

१०७ सदस्यीय प्रदेश सभामा यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।

मुख्यमन्त्रीलाई जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ ।

विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ८ : २३ बजे

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार