टी–२० विश्वकप : भारतविरुद्ध आयरल्याण्ड ९६ रनमा अलआउट « Khabarhub

टी–२० विश्वकप : भारतविरुद्ध आयरल्याण्ड ९६ रनमा अलआउट


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकप अन्तर्गत समुह ‘ए’ को खेलमा आयरल्याण्डले भारतलाई ९७ रनको लक्ष्य दिएको छ ।

न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा अल आउट हुँदै ९६ रन मात्रै बनाउन सक्यो ।

उसका लागि ग्यारेथ डेलानीले २६ रन बनाए । १४ बलको सामना गरेका उनले दुई चौका र दुई छक्का प्रहार गरे । त्यस्तै कर्टिस क्याम्फरले १२, लोर्कन टकर १६ रन बनाए । ओपनर एन्ड्रयू बालबर्नीले ५ र पॉल स्टर्लिंगले २ रन बनाए ।

यता भारतका लागि हार्दिक पाण्ड्याले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २७ रन खर्चिए । त्यस्तै अर्शदीप सिंह र जस्प्रीत बुमराहले दुईदुई तथा अक्षर पटेल र मोहमद सिराजले एकएक विकेट लिए ।

यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । टी२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।

समुह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेल जितेको छ भने क्यानडा पराजित भएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ९ : ४६ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका