सुन्दरहरैचामा लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम « Khabarhub

सुन्दरहरैचामा लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङमा विद्यार्थीलाई लक्षित गरी लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।

लागुऔषध प्रयोग गर्ने बढीरहेको बेला मोरङको सुन्दरहरैचा ३ मा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

आश्रय प्रतिष्ठान नेपाल र गछिया जेसीसको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रशिक्षक लागु औषध दुर्व्यसन र यसका असर, समाजमा पार्न सक्ने नकरात्मक प्रभावका बारेमा वरिष्ठ परामर्श तथा मनोविद टिकाराम सिग्देलले प्रशिक्षण दिएका थिए।

यस्तै गछिया जेसीस वर्ष २०२४ का अध्यक्ष धुर्व निरौलाले समाजमा दिन प्रतिदिन लागु औषध प्रयोग गर्नेको संख्या बढीरहेकाले यसलाई जरै देखि निर्मूल पार्नु पर्ने बताए । युवा पुस्ताले नै यसलाई निर्मूल पार्न भूमिका निर्वाह गर्नु पर्ने उनको भनाइ छ ।

यस्तै विद्यालयका प्रधानाध्यापक होमबहादुर भण्डारीले यस्ता खालका कार्यक्रमा विद्यालय स्तरमा नै सञ्चालन गर्नुपर्ने बताए । उनले कक्षा ३ देखि १० सम्मका बालबालिकाहरु बढी कुलत फस्ने गरेकाले बताउँदै यस्ता कार्यक्रम उनीहरुलाई गतल बाटोमा लाग्न नहुने रहेछ भन्ने ज्ञान हासिल हुने बताए।

कार्यक्रममा विद्यार्थीहरुकाृ निकै उत्साहपूर्ण उपस्थिति रहेको थियो । उनीहरूले लागुऔषध दुर्व्यसनमा आफु नफस्ने र अरुलाई पनि फस्न नदिने प्रतिबद्धता गरेका थिए।

यस्तै आज नै सुन्दरहरैचा ३ को आइतबारेमा गछिया प्रहरी चौकीका सई राजकुमार थापा सहितले बालबालिकाका अभिभावक लगायत स्थानीयलाई पनि प्रशिक्षण दिईएको कार्यक्रम संयोजन सेवक खत्रीले बताए।

पछिल्लो समय मोरङ प्रहरीले लागूऔषध कारोबारीलाई धमाधम पक्राउ गरिरहेको छ। मंगलबार मात्र सुन्दरहरैचा ६ बाट दुई जना लागू औषध कारोबारीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिईएको थियो।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १० : १७ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका