गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन | Khabarhub Khabarhub

गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई  निर्देशन दिएका छन् ।

 गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवम् समन्वय  गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

विपद् व्यवस्थापनमा पालिकाको भूमिका महत्त्वपूर्ण रहने भएकाले प्रजिअहरूले पालिकासँगका समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालले निर्देशनमा बताए। ‘स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा पालिका नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय महत्त्वपूर्ण छ”, उनले भने, “यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।’

यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उनले अनुरोध गरे ।

 जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजिकरणका लागि तत्काल तयार रहेको उनले बताए। गृहसचिव अर्यालले विपद्बाट मानवीय क्षति व्यहोर्ने पुगेका परिवारहरूमा आफैँ उपस्थित भई आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका थिए।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : २७ बजे

जेन-जी आन्दोलनले शु-सासनको लक्ष्मण रेखा कोरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनले देशमा शु-सासनको लक्ष्मण रेखा

विद्युत प्राधिकरणको स्पष्टीकरण- विद्युत आयात सम्झौताबारे भ्रामक प्रचारमा नपर्नुहोस्

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि गरिएको

मधेशका प्रदेशसभा सदस्यले आफ्नै अनुहारमा दले कालो मोसो

काठमाडौं- मधेशका एक जना प्रदेशसभा सदस्यले आफ्नै अनुहारमा कालो मोसो

व्यवसायीलाई गृहमन्त्रीले भने- अहिले मन्त्रीलाई रिझ्याउन आवश्यक छैन 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अवस्थामा व्यवसायीले मन्त्रीलाई रिझ्याउनुपर्ने अवस्था

निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको