प्रशिक्षक टेन ह्याग थप दुई वर्ष म्यानचेस्टर युनाइटेडमै रहने « Khabarhub

प्रशिक्षक टेन ह्याग थप दुई वर्ष म्यानचेस्टर युनाइटेडमै रहने


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक एरिक टेन ह्यागसँग थप दुई वर्षको सम्झौता गरेको छ ।

क्लबले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षक टेन ह्यागसँग जुन २०२६ सम्म सम्झौता गरेको जानकारी दिएको छ । क्लबले टेन ह्यागलाई बर्खास्त गर्ने र नयाँ प्रशिक्षक भित्र्याउने चर्चा चलिरहेका बेला सम्झौता नवीकरण गरेको हो ।

क्लबसँग सम्झौता नवीकरण गरेपछि टेन ह्यागले आउँदा दिनमा आफूले क्लबलाई थप ट्रफी दिलाउन प्रयास गर्ने बताए । उनले इङलिस र युरोपमा उपाधि जित्न धेरै मिहिनेत गर्नुपर्ने बताउँदै मिलेर त्यो लक्ष्य पुरा गर्ने बताएका छन् ।

२०२२ को मे २३ मा नेदरल्याण्डसको क्लब आयाक्सबाट म्यानचेस्टर युनाइटेड आएका टेन ह्यागले ११४ खेलमा क्लबलाई ६६ जित र १७ बराबरी तथा ३१ हार बेहोरेका छन् ।

उनको नेतृत्वमा म्यानचेस्टर युनाइटेडले यस सिजनको एफए कप तथा २०२२-२३ मा इपिएल कप जिताएका छन् ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ८ : ३९ बजे

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको