अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा : मेसीले गरे पेनाल्टी मिस | Khabarhub Khabarhub

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा : मेसीले गरे पेनाल्टी मिस


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पेनाल्टी सुट आउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। मेसीको पेनाल्टी बारमा लागेर फर्किएको अर्जेन्टिना पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले विजयी भएको हो ।

निर्धारित समयमा १-१ को बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएको थियो।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टिएल र निकोलस ओटामेन्डीले पेनाल्टी सुटआउटमा गोल गरे।

इक्वेडरका लागि जोन येबोह र जोर्डी काइसिडोले गोल गर्दा एन्जल मेना र एलन मिन्डाको प्रहार गोल हुन सकेन ।

खेलको ३५औं मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ६२औं मिनेटमा इक्वेडरले पाएको पेनाल्टी गुमाउँदा खेलमा अर्जेन्टिनाको अग्रता कायमै रहयो । इक्वेडरका लागि इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न सकेनन् ।

रोचक खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा इक्वेडरका लागि केभिन रोड्रिग्जले गोल गर्दै खेल बराबरीमा फर्काए । उनलाई जोन येबोहले पास दिएका थिए । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको हो ।

साबिक विजेता अर्जेन्टिनाले यसअघि क्यान्डालाई २-०, चिलीलाई १-० र पेरुलाई २-० गोलअन्तरले पराजित गरेको थियो।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ९ : ०६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले