हिलाम्मे खेतजस्तै सडकको अवस्था, स्थानीयलाई सास्ती  « Khabarhub

हिलाम्मे खेतजस्तै सडकको अवस्था, स्थानीयलाई सास्ती 


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

बलेवा– राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारीसाधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन हम्मे हम्मे पर्दछ ।

सडकको दुरावस्थाका कारण नागरिक मात्र होइन, बागलुङको बाटो भएर हिँड्ने पर्यटकले पनि सधैँ दुःख पाउने गरेका छन् । लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालोपत्रको काम सुरु भएको आठ वर्ष भयो तर काम सकिएको छैन । कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्डमा पनि काम त चलिरहेकै छ तर पूरा नहुने बेलासम्म सडकमा सास्ती छ ।

राष्ट्रिय गौरवका आयोजना नै दुरावस्था व्यहोरेको बागलुङका ग्रामीण सडकको अवस्था दर्दनाक छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार एकसाता पहिलेको वर्षापछिको बाढीपहिरोले रोकिएका दर्जन बढी ग्रामीण सडक अझै खुलेका छैनन् ।

हिउँदभरि बनायो, बर्खाभरि बगायो भइरहेको छ, समयमा काम नहुने समस्याले हामी सधैँ पीडित हुने गरेका छौँ’, काठेखोला गाउँपालिका–६ का अध्यक्ष बृहस्पति कँडेलले भने, ‘मध्यपहाडीबाट आएको भलबाढी घरघरमा पस्छ, सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो ।’ जिल्लाका अधिकांश सडक रोपाइँ गर्न तयार गरिएका खेतभन्दा फरक छैनन् । हिलो र गेग्रायनले भरिएका सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको बागलुङ –१२ का शिव पाठकले बताए।

सडक हिलाम्मे हुँदा सवारीसाधन र यात्रु दुवै मारमा पर्ने गरेका छन् । ग्रामीण सडक मर्मतका लागि स्थानीय तहले प्रयास गरे पनि पहिराका कारण समयमा सडक खुल्दैनन् ।

‘नगरले पहिरो पन्छाउने र सडक सञ्चालन गर्ने काम गरिरहेकै छ तर निरन्तर वर्षा हुँदा पहिरो खस्न रोकिँदैनन्’, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा भन्नुहुन्छ, ‘बर्खा रहुञ्जेल काम चल्ने गरेर मात्रै सडक खुलाउने गरिएको छ ।’

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ९ : २३ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार