सरकारलाई समर्थन फिर्ताको जानकारी संसद्‍मा, एमाले प्रतिपक्षमा बस्ने | Khabarhub Khabarhub

सरकारलाई समर्थन फिर्ताको जानकारी संसद्‍मा, एमाले प्रतिपक्षमा बस्ने


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई दिएको छ ।

बुधबार आठजना मन्त्रीको राजीनामासँगै सरकारबाट समर्थन फिर्ता लिएको एमाले अब संसद्मा प्रतिपक्षमा बस्ने भएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबार संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयलाई पत्र लेख्दै प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

‘…राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन फिर्ता गरिएको छ’, बर्तौैलाले भनेका छन्, ‘त्यसको जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा
(एमाले) संसद्मा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ ।’

२०८० फागुन २१ गते नेकपा एमालेसहितको गठबन्धनमा फर्किएर चौथो पटक विश्वासको मत लिएको केही महिनामै प्रचण्ड संकटमा परेका छन् । एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रचण्डले अब सरकारबाट बहिर्गमनको विकल्प खोजिरहेका छन् ।

प्रचण्डको बहिर्गमनमा समय लाग्ने भएपछि एमाले प्रतिपक्षमा बस्ने भएको हो । यदि प्रचण्डले केही दिनमै सत्ता छाडेमा एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्री हुने छन् ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १ : ०७ बजे

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

लहान– गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय