सरकारलाई समर्थन फिर्ताको जानकारी संसद्‍मा, एमाले प्रतिपक्षमा बस्ने « Khabarhub

सरकारलाई समर्थन फिर्ताको जानकारी संसद्‍मा, एमाले प्रतिपक्षमा बस्ने


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई दिएको छ ।

बुधबार आठजना मन्त्रीको राजीनामासँगै सरकारबाट समर्थन फिर्ता लिएको एमाले अब संसद्मा प्रतिपक्षमा बस्ने भएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबार संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयलाई पत्र लेख्दै प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

‘…राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन फिर्ता गरिएको छ’, बर्तौैलाले भनेका छन्, ‘त्यसको जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा
(एमाले) संसद्मा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ ।’

२०८० फागुन २१ गते नेकपा एमालेसहितको गठबन्धनमा फर्किएर चौथो पटक विश्वासको मत लिएको केही महिनामै प्रचण्ड संकटमा परेका छन् । एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रचण्डले अब सरकारबाट बहिर्गमनको विकल्प खोजिरहेका छन् ।

प्रचण्डको बहिर्गमनमा समय लाग्ने भएपछि एमाले प्रतिपक्षमा बस्ने भएको हो । यदि प्रचण्डले केही दिनमै सत्ता छाडेमा एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्री हुने छन् ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १ : ०७ बजे

रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुसहित फसेका

लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा

काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ

विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल, घरेलु मैदानमा बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

बिपी राजमार्गमा आवागमन बन्द

काभ्रेपलाञ्चोक – वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख २२ गते मंगलबार। जेठ