बारबर्दिया नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरु « Khabarhub

बारबर्दिया नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरु


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गुलरिया–  बर्दियाको बारबर्दिया नगरपालिकाको नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरु भएको छ । सबै मापदण्ड पूरा गरी अनुमति पाएसँगै उपचार सेवा सुरु गरिएको हो ।

नगर स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले अस्पतालमा व्यवस्थापनका सबै तयारी पूरा भएपछि सेवा सुरु गरिएको जानकारी दिए । २४ सैँ घण्टा निःशुल्क सेवा दिँदै आएको यस अस्पतालमा सर्पदंश उपचार सेवा नहुँदा स्थानीयलाई नेपालगन्ज पुग्नुपर्ने बाध्यता थियो । यसले खर्च र बाटोमै ज्यान  गुमाउनुपर्ने जोखिम पनि थियो ।

अस्पताल विकास समितिका अध्यक्ष तीर्थराज पौडेलले सर्पदंश उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिमसमेत प्रदान गरिएको बताए। ‘सर्पदंशको उपचार नहुँदा यस क्षेत्रका नागरिकले निकै कठिनाइ भोग्दै आएका थिए । समयमै उपचार नहुँदा ज्यान जाने जोखिम त थियो नै, नेपालगन्ज जानुपर्ने भएकाले आर्थिक भार पनि उत्तिकै थियो । त्यही समस्या समाधान गर्ने उद्देश्यले सेवा सुरु गरेका छौँ’, उनले भने ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  २ : ०४ बजे

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ