केन्द्रीय कमिटी अधुरै छाडेर एकीकृत समाजवादीमा शपथ (तस्बिरहरू) « Khabarhub

केन्द्रीय कमिटी अधुरै छाडेर एकीकृत समाजवादीमा शपथ (तस्बिरहरू)


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशनमा तीनजना पदाधिकारीसहित चयन भएका ९३ जना मात्रै केन्द्रीय कमिटी सदस्यहरूले मात्रै शपथ लिएका छन् ।

प्रज्ञा भवन कमलादीमा जारी १०औँ राष्ट्रिय महाधिवेशन हलमा ९३  जनाक नयाँ कमिटी घोषणा गरेर उनीहरूलाई शपथ पनि खुवाइएको हो ।

अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका छन् । त्यस्तै ९३ जना केन्द्रीय सदस्य पनि तय गरिएको छ ।

तर एकीकृत समाजवादीको विधानमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने व्यवस्था छ । यद्यपि दशौँ महाधिवेशनमा केन्द्रीय कमिटी ३९९ सदस्यीय र पदाधिकारी २९ पुर्‍याउने गरी संशोधन प्रस्ताव राखिएको छ ।

नेताहरूबीच सहमति नजुटेपछि विधानअनुसारको बाँकी १८ पदाधिकारी चयन भएन । नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक शनिबार बसेर बाँकी नेताहरू छानेर केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ४ : ५७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको