एकीकृत समाजवादीको केन्द्रीय समितिमा परेनन् प्रेम आले « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय समितिमा परेनन् प्रेम आले

महाधिवेशन बहिष्कार गरेर हिँडेका थिए भारततिर


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीको जारी दशौँ ममहाधिवेशनबाट ९३ जनाको नाम केन्द्रीय समिति सदस्यका रुपमा घोषणा हुँदा प्रेम आले छुटेका छन् ।

डोटीबाट प्रतिनिधि सभाका सदस्य एवम् पूर्व संस्कृति तथा पर्यटनमन्त्री आलेलाई समाजवादीले ९३ जना केन्द्रीय समिति सदस्यको सूचीबाट बाहिर राखेको हो ।

समाजवादीको विधानअनुसार केन्द्रीय समिति २९९ सय सदस्यीय हुन्छ । तर समाजवादीको पहिलो सूचीबाटै आले आउट भएका हुन् ।

पछिल्लो समय अध्यक्ष माधकुमार नेपालसँग असन्तुष्ट उनले महाधिवेशन बहिष्कार गरेका थिए। महाधिवेशन बहिष्कार गरेका उनी भारतमा घुमिरहेका थिए ।

प्रज्ञा भवन कमलादीमा जारी दशौँ महाधिवेशनले ३ पदाधिकारीसहित ९३ जना केन्द्रीय सदस्य घोषणा गर्दा आले भने एउटा बैठकमा भएको बताइरहेका थिए ।

यसबारेमा उनलाई खबरहबले प्रश्न गर्दा जवाफ दिन मानेनन् । ‘म अहिले एउटा मिटिङमा छु’, उनले भने, ‘यसबारेमा म पछि कुरा गरौँला ।’

२०७७ भदौमा नेकपा एमाले फुटेपछि उनी एकीकृत समाजवादीमा लागेर मन्त्रीसमेत भएका थिए ।

एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक उनको समाजवादीमा पनि सुरुदेखि नै अध्यक्ष माधव नेपालसँग मनमुटाव थियो ।

एमालेमा रहँदा नेपालकै गुटमा रहेका आलेले किन महाधिवेशन बहिष्कार गरे भन्ने खुल्न सकेको छैन । तर उनले समाजवादीलाई पिँध नभएको लोटा भन्दै आलोचना गरिरहेका छन् ।

यता महाधिवेशनमा आले भारततिर

यही आइतबार काठमाडौंमा दशाैँ महाधिवेशन उद्घाटन भइरहँदाआले भने भारत यात्रामा थिए । उनले आफू भारतमा रहेको सन्देश दिने गरी फेसबुकमा फोटोहरू पनि हालेका छन् ।

समाजवादी फुटाउन लागेको चर्चाबीच आलेको महाधिवेशन बहिष्कारलाई अर्थपूर्ण मानिएको छ । समाजवादीका ४ देखि ६ जना सांसद एमालेतिर फर्किन खोजेको चर्चाबीच अध्यक्ष नेपालले त्यसलाई असफल पार्न सफल भएको जवाफ पत्रकारहरूलाई दिएका थिए ।

डाेटीबाट प्रतिनिधि सभामा दोहोरिएका आले मन्त्री बन्न चाहन्थे । तर मन्त्री हुन नपाएपछि रुष्ट उनले महाधिवेशन नै बहिष्कार गरेपछि पहिलो लटको केन्द्रीय सदस्यको सूचीमा उनलाई समावेश नगरिएको हो ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : १४ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार