अशोक राईले पनि छाडे प्रचण्डको साथ, तीनै मन्त्रीले बुझाए राजीनामा « Khabarhub

अशोक राईले पनि छाडे प्रचण्डको साथ, तीनै मन्त्रीले बुझाए राजीनामा


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वैशाख २१ गते जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका छन् ।

गत वैशाख ३१ गते मन्त्री बनेका जनता समाजवादी पार्टीका दुईजना मन्त्री  र एकजना राज्यमन्त्रीले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

जसपा नेता एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खातुनले प्रधानमन्त्रीलााई राजीनामा बुझाएका हुन् ।

यादव, सुडी र खातुनले राजीनामा बुझाएसँगै अशोक राई नेतृत्वको जसपाले प्रचण्ड ने‍तृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । राई नेतृत्वको जसपामा संघीय संसद्‍मा ७ सांसद रहेका छन् ।

यसअघि बुधबार नेकपा एमालेले पनि समर्थन फिर्ता लिएपछि प्रचण्ड अल्पमतमा परिसकेका छन् । एमालेले शुक्रबार संसद् सचिवालयलाई पत्र लेख्दै अब प्रतिपक्षका रुपमा संसद्‍मा बस्ने जानकारी दिइसकेको छ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : १४ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,