आर्थिक

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

By खबरहब

August 05, 2024

काठमाडौं – आज २०८१ साल साउन २१ गते सोमबार सन् २०२४ अगष्ट ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलरको विनिमय दर दुई दिनदेखि स्थिर छ । सोमबार युरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ८६ पैसा र बिक्री दर १४६ रुपैयाँ ५२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ १४ पैसा र बिक्री दर १७१ रुपैयाँ ९१ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६७ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?